मन्त्रिपरिषद निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ताले भने ‘चीनसँग सीमा विवाद छैन’

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ८, २०७७
|
|
२३ पटक हेरिएको
Shares
मन्त्रिपरिषद निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ताले भने ‘चीनसँग सीमा विवाद छैन’

सारांश

  • सरकारले सिन्धुपाल्चोक र बाग्लुङ विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
  • मंगलबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बुधबार साँझ सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले यसवर्ष धेरै विपद् बेहोरेका सिन्धुपाल्चोक र बाग्लुङलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको जानकारी दिए ।
  • सङ्कटग्रस्त क्षेत्र घोषणा भएसंगै ती जिल्लामा विश्व बैंकमार्फत् हुने पचास मिलियन डलर करिब ६ अर्ब रुपैयाँ खर्च गरिने ज्ञवालीले जानकारी दिए ।

सरकारले सिन्धुपाल्चोक र बाग्लुङ विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बुधबार साँझ सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले यसवर्ष धेरै विपद् बेहोरेका सिन्धुपाल्चोक र बाग्लुङलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको जानकारी दिए ।

सङ्कटग्रस्त क्षेत्र घोषणा भएसंगै ती जिल्लामा विश्व बैंकमार्फत् हुने पचास मिलियन डलर करिब ६ अर्ब रुपैयाँ खर्च गरिने ज्ञवालीले जानकारी दिए । त्यस्तै मन्त्रिपरिषद् बैठकले नेपाल र इजरायलबीच श्रम सम्झौता गर्ने निर्णय गरेको छ । त्यसको जिम्मा इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यलाई दिइएको छ ।

श्रम सम्झौतापछि नेपाली कामदार केयर गिभरको रूपमा इजरायल जानेछन् । नेपाली श्रमिकहरूले त्यहाँका कामदार सरह सेवा, सुविधा सर्त पालना गर्नुपर्ने मन्त्री ज्ञवालीको भनाई छ । त्यस्तै आधिकारीक ट्रेड युनियनको निर्वाचन वि स २०७७ मंशिर २७ गते गर्ने निर्णय गरिएको ज्ञवालीले बताए ।

त्यस्तै उनले चिनियाँ पक्षले नेपाली भूभाग कब्जा गरी भौतिक संरचना बनाएको वा नबनाएको भन्ने विषयमा स्थलगत अध्ययन गर्न नेपाली टोली गएकाले उनीहरु आएपछि थप तथ्य आउने जानकारी दिए ।

परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल–चीन सीमा क्षेत्रमा कुनै समस्या नरहेको पनि बताए । हुम्ला लिमीमा देखिएको समस्या २०७३ सालमा गठन भएको अन्तर मन्त्रालय छानबिन समितिले नै प्रष्ट पारिसकेको र त्यतिबेला नै यो विषय किनारा लागेको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सभामुखसँग बेलायती सांसदहरुको भेटवार्ता
सभामुखसँग बेलायती सांसदहरुको भेटवार्ता
ईश्वर पोखरेल अध्यक्ष बन्न चाहेपछि प्रचण्ड झस्किए, पार्टी एकता धरापमा
ईश्वर पोखरेल अध्यक्ष बन्न चाहेपछि प्रचण्ड झस्किए, पार्टी एकता धरापमा
बजेटभन्दा २ खर्ब १८ अर्ब कम खर्च, तैपनि ४८ अर्ब घाटा
बजेटभन्दा २ खर्ब १८ अर्ब कम खर्च, तैपनि ४८ अर्ब घाटा
सिक्टा सिँचाइ आयोजना तीव्र गतिमा
सिक्टा सिँचाइ आयोजना तीव्र गतिमा
हेर्नुहोस कुन नेता कहाँबाट मतदान गर्दै छन् ?
हेर्नुहोस कुन नेता कहाँबाट मतदान गर्दै छन् ?
आयोगको चेतावनी : कात्तिक १८ अघि चुनाव प्रचारप्रसार गरे उम्मेदवारी खारेज गर्ने
आयोगको चेतावनी : कात्तिक १८ अघि चुनाव प्रचारप्रसार गरे उम्मेदवारी खारेज गर्ने
ट्रमा सेन्टरको बद्मासी प्रति व्यक्ति ६ सय लिएर १०७४ नर्सलाई अन्तर्वार्ताबाट बञ्चित गरियो
ट्रमा सेन्टरको बद्मासी प्रति व्यक्ति ६ सय लिएर १०७४ नर्सलाई अन्तर्वार्ताबाट बञ्चित गरियो
दोस्रो वान डेमा भारतको जीत
दोस्रो वान डेमा भारतको जीत
शीतल निवासमा आज साढे ११ बजे तीन नयाँ मन्त्रीको शपथ, गृहमन्त्री चयनलाई लिएर आलोचना
प्रचण्डले बाहिरै बसेर सहयोग गर्छु भनेपछि ओली यसरी झस्किए
प्रचण्डले बाहिरै बसेर सहयोग गर्छु भनेपछि ओली यसरी झस्किए

तपाईंले छुटाउनुभयो कि?