११ महिनामा १० लाख पर्यटक नेपाल आए, अब ‘स्याटेलाइट एकाउन्ट’
सारांश
- काठमाडौं ।
- पर्यटकीय तथ्यांक व्यवस्थित बनाउन सरकारले आगामी पुस १५ अर्थात् १ जनवरी २०१८ देखि ‘टुरिजम स्याटेलाइट एकाउण्ट’ प्रणाली शुरु गर्ने भएको छ ।
- टुरिजम स्याटेलाइट एकाउन्टले कुन नाकाबाट कतिजना पर्यटक नेपाल भित्रिए भन्ने तथ्यांक राखिनेछ ।
काठमाडौं । पर्यटकीय तथ्यांक व्यवस्थित बनाउन सरकारले आगामी पुस १५ अर्थात् १ जनवरी २०१८ देखि ‘टुरिजम स्याटेलाइट एकाउण्ट’ प्रणाली शुरु गर्ने भएको छ । टुरिजम स्याटेलाइट एकाउन्टले कुन नाकाबाट कतिजना पर्यटक नेपाल भित्रिए भन्ने तथ्यांक राखिनेछ ।
स्याटेलाइटमार्फत पर्यटकले नेपालमा कति दिन बिताए र कति खर्च गरे भन्ने सम्मको विवरण राख्ने बताइएको छ । विश्व पर्यटन संगठनले यो प्रणाली सञ्चालनमा ल्याएको हो । आन्तरिक तथा बाह्य पर्यटकले गर्ने खर्च, पर्यटन उद्योगले कूल राष्ट्रिय र कूल गार्हस्थ्य उत्पादनमा पारेको प्रभाव, रोजगारी, लगानी, गैर बजेटरी प्रभाव तथ्यांकमा समावेश गर्नेछ ।
नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१७ मा ९ लाख ४० हजार २१८ हाराहारीमा विदेशी पर्यटक नेपाल आएका छन् । त्यसैगरी सन् २०१८ को ११ महीनामा १० लाख एक हजार ९३० पर्यटकले नेपाल भ्रमण गरे । सन् २०१६ मा ७ लाख ५३ हजार दुई जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले स्याटेलाइट एकाउन्ट राख्न आवश्यक सबै प्रक्रिया पूरा भएको बताएका छन् । टुरिजम स्याटेलाइट एकाउन्टलाई अगाडि बढाएको र यसले नेपाली पर्यटनको अवस्थामा परिवर्तन गर्ने बताए ।
पर्यटनमन्त्री अधिकारीले स्याटेलाइट एकाउन्टका लागि राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक र केन्द्रीय तथ्याङ्क विभागसँग मिलेर काम अघि बढाएको बताए । प्रणाली सञ्चालनका लागि बजेटदेखि आवश्यक सबै प्रक्रिया पूरा भइसकेको छ ।”
मन्त्री अधिकारीका अनुसार तथ्यांक सही नभए गन्तब्य प्रवद्र्धन प्रभावकारी नहुने भएकाले सरकारले यो प्रणाली शुरु गर्न लागेको हो । यसअघि हवाई मार्गबाट आउने पर्यटकको मात्रै तथ्याङ्क राख्ने गरिएकोे थियो ।
प्रतिक्रिया