नेपालमै ब्यवसाय गरेर मासिक १० लाख कमाउने यी युवापुस्ताबाट केही सिक्ने कि ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ ६, २०७४
|
|
२६ पटक हेरिएको
Shares
नेपालमै ब्यवसाय गरेर मासिक १० लाख कमाउने यी युवापुस्ताबाट  केही सिक्ने कि ?

सारांश

  • काठमाण्डौ ।
  • अहिले धेरैजसो युवाको सपना विदेश छ ।
  • घरपरिवार पनि छोराको नागरिकता, पासपोर्ट बनाइदिएर उसलाई विदेश पठाउन चाहन्छ ।

काठमाण्डौ । अहिले धेरैजसो युवाको सपना विदेश छ । घरपरिवार पनि छोराको नागरिकता, पासपोर्ट बनाइदिएर उसलाई विदेश पठाउन चाहन्छ । त्यसको एकमात्र कारण हो हाम्रो देशमा रहेको रोजगारीको समस्या । तर, मेहनत र लगनका साथ काम गर्ने हो भने देशमै पनि केही गर्न सकिन्छ भन्ने थुप्रै उदाहरण छन् हामीसामू ।

त्यसकै एक उदाहरण हुन्, युवा व्यवसायी प्रेम बर्मा उनी २०४६ सालमा सिन्धुलिमा जन्मेका हुन् ! २८ वर्षकै उमेरमा सफल व्यवसायीको रुपमा आफूलाई चिनाएका छन् ।

विभिन्न दुःख, कष्ट र समस्याबाट गुज्रिए तापनि साहस र हौसलाका साथ अघि बढेका बर्मा सिन्धुलि जिल्ला र काठमान्डौमा पनि आफ्नो फरक पहिचान स्थापित गर्न सफल भएका छन् ।सामान्य खेती किसानी गरेर जिविकोपार्जन गर्ने परिवारमा जन्मिएका बर्माको बाल्यकाल कम कष्टपरक थिएन ।

घाँस–दाउरा गर्नुपर्ने, गोठालो जानुपर्ने, खेती–किसानीमा पनि परिवारका सदस्यलाई साथ दिनुपर्ने । बिहानै चार बजे उठ्नुपर्ने बाध्यता ।

कसरी व्यवसायी बने त ??

हुने विरुवाको चिल्लो पात भनेझै उनको त्यो संघर्ष र मेहनतले आज उनलाई सफल बनाएको छ । कुनै दिन साइकलको हेण्डिल सामाउने हातले आज गाडिको स्टेरिङ समाउँछ । मासिक लाखौँको व्यापार हुन्छ उनको व्यवसायमा । अनि त्यसबाट आम्दानी पनि उत्तिकै ।

तर, यो सब एकाएक भएको होइन

उनी पशुपति बहुमुखि क्यामपस पढ्दै एउटा पार्टि प्यालेसमा काम गर्दै बिस्तार अाफ्नै एउटा सटर भाडामा लिएर क्याटरिङ्ग सर्भिस दिदै पार्टि प्यालेसको कामलाईपनि निरन्तरता दिदै मेहनतका साथ अघि बढे र बिस्तारै चावहिलस्थित मित्रपार्क नजिकै गोल्डनलाईन नामको पार्टि प्यालेस संचालनमा ल्याए ! बिस्तारै बिस्तारै पार्टिअरु बुक हुँदै गए , ब्यपार अपार भनेझै अहिले उनी १ सफल ब्यवसायिका रुपमा स्थािपित छन् : अाफ्नै गाडि छ , किराना पसल छ ! झन्डै ५० जनालाई रोजगारि दिएका छन्! नजिक अाफन्त हरुलाई कसैलाई ट्याक्सि त कसैलाई मेनेजरको रुपमा राखेका छन् , सानै उमेरमा उनको सफलताको सबैले तारिफ गर्छन
 

यो सँगै पढाइ पनि निरन्तर चलिरहेको थियो ।  विगत सम्झदै भन्छन्, ‘पढ्ने समय नै हुदैनथ्यो । मैले दिनमा करिब ४ घण्टा मात्र सुतेर धेरै संघर्ष गरेको छु ।

संघर्ष नगरी मानिस सफल कसरी हुन सक्छ र ?’यसैक्रममा उनले व्यापार व्यवसायलाई विस्तारै बुझ्दै गए । उनले आफूले सकेजति इफोर्ट लगाए । र, त्यसको प्रतिफल पनि आयो । दिनानुदिन राम्रै व्यापार हुन थाल्यो ।

आम्दानी पनि राम्रै हुँदै गयो ।त्यसपछि सुरु भयो उनको जीवनको फरक यात्र र, आज सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् ।

भन्छन्, ‘समाजसेवा गर्न पाउँदा छुट्टै आनन्द आउँछ । कमाएको पैसाको केही रकम वार्षिक रुपमा अनुदान तथा सहयोगमा मै खर्च गर्ने गरेको छ……..

 

28 वर्षको उमेरमा नै सफल व्यापारीको रुपमा स्थापित बर्मा  धेरै युवाका लागि प्रेरणाको स्रोत बन्न सक्छन् । ‘सामाजिक कार्य सँगै देश विकासमा योगदान पुर्याउने धोको छ । सबैले आफ्नो ठाउँबाट सकेको गर्ने हो ।

मैले आफूले निभाउनुपर्ने भूमिका निभाउने छ’, भन्छन्, ‘राम्रो काम गरेर देश तथा विदेशमा चिनिनरयुवाहरुका लागि प्रेरणाको स्रोत बन्न चाहन्छु ।’ उनी आफू सफल हुनुमा परिवारको साथ र सहयोग पनि महत्वपूर्ण पाटो रहेको बताउँछन् ।`

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?