अाफु लडेकाे चुनाव रद्द गर्न माग गर्दै राष्ट्रपति अदालतमा
सारांश
- माल्दिभ्सका राष्ट्रपति यामीन अब्दुल गयूम असोज पहिलो साता भएको राष्ट्रपति निर्वाचन रद्द गर्न माग गर्दै सर्वोच्च अदालत पुगेको छन्।
- ७ असोजमा भएको राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति यामीन पराजित भएका थिए।
- कार्यकर्ताहरुबाट चुनावमा धाँधली भएको धेरै उजुरी आएको भन्दै राष्ट्रपति यामीनका वकिलले चुनावी परिणाम रद्द गर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका छन्।
माल्दिभ्सका राष्ट्रपति यामीन अब्दुल गयूम असोज पहिलो साता भएको राष्ट्रपति निर्वाचन रद्द गर्न माग गर्दै सर्वोच्च अदालत पुगेको छन्। ७ असोजमा भएको राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति यामीन पराजित भएका थिए। कार्यकर्ताहरुबाट चुनावमा धाँधली भएको धेरै उजुरी आएको भन्दै राष्ट्रपति यामीनका वकिलले चुनावी परिणाम रद्द गर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका छन्।
सो निर्वाचनमा राष्ट्रपति यामीन विपक्षी उम्मेदवार इब्राहिम मोहम्मद सोलिहसँग १६ प्रतिशत मतको अन्तरले पराजित भएका थिए। निर्वाचन परिणामलाई अमेरिका, चीन, भारत र युरोपेली संघसहित अधिकांश पक्षले स्वीकार गरेका गरेका छन्। निर्वाचन परिणाम सार्वजनिक भएपछि स्वयं यामीनले पनि पराजयलाई स्वीकार गरेका थिए। राष्ट्रपति यामीनका वकिलले सवोच्च निर्वाचनका परिणामको बारेमा कार्यकर्ताबाट व्यापक उजुरी परेपछि अदालत पुग्नु परेको बताएका छन्।
राष्ट्रपति यामीनको यो कदमसँगै निर्वाचनमा विजय हासिल गरेका सोलिहलाई राष्ट्रपति यामीनले सहज रुपमा सत्ता हस्तान्तरण नगर्ने संकेत देखिएको छ। गत वर्षदेखि माल्दिभ्समा शुरु भएको राजनीतिक संकट राष्ट्रपति निर्वाचनका परिणामलाई सबै पक्षले स्वीकार गरेपछि सत्ताको हस्तान्तरण सहज हुने अनुमान गरिएको थियो।
प्रतिक्रिया