२०३१ सालमा दरबारले कालापानीबाट भारतीय सेना हटाउन गरेको प्रयास

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ २३, २०७७
|
|
३१ पटक हेरिएको
Shares
२०३१ सालमा दरबारले कालापानीबाट भारतीय सेना हटाउन गरेको प्रयास

सारांश

  • २०२६ वैशाख १७ गते नेपालको उत्तरी सिमानामा हतियार र सञ्चार उपकरणसहित बसेका भारतीय सेनाका १७ वटा पोस्ट फिर्ता पठाइए, तर २०१९ सालदेखि कालापानीमा बस्दै आएको १८ औं पोस्ट फिर्ता भएन ।
  • २०३२ सालमा नेपालले पहिलो पटक नयाँ नक्सा जारी गर्यो ।
  • नयाँ नक्सा जारी गर्नुअघि २०३१ सालमा दरबारले कालापानीबाट भारतीय सेना हटेको र नहटेको विषयमा गम्भीर चासो राखेको खुलासा भएको छ ।

२०२६ वैशाख १७ गते नेपालको उत्तरी सिमानामा हतियार र सञ्चार उपकरणसहित बसेका भारतीय सेनाका १७ वटा पोस्ट फिर्ता पठाइए, तर २०१९ सालदेखि कालापानीमा बस्दै आएको १८ औं पोस्ट फिर्ता भएन ।

२०३२ सालमा नेपालले पहिलो पटक नयाँ नक्सा जारी गर्यो । नयाँ नक्सा जारी गर्नुअघि २०३१ सालमा दरबारले कालापानीबाट भारतीय सेना हटेको र नहटेको विषयमा गम्भीर चासो राखेको खुलासा भएको छ ।

२०३१ सालमा दरबारले तत्कालीन जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र लेखी कालापानीबाट भारतीय सेना हटे र नहटेको बारेमा जानकारी गराउन निर्देशन दिएको प्रमाण भेटिएको छ ।

दरबारको निर्देशनपछि तत्कालीन सरकारले यस विषयमा फिल्डमै गई अध्ययन गर्न एउटा टोली गठन गरेको थियो । स्रोतका अनुसार २०३० सालमा परराष्ट्र र गृहका प्रतिनिधि पुरुषोत्तम रेग्मी र हरिप्रसाद खत्री कालापानी क्षेत्रमा गई तत्कालीन सरकारलाई झण्डै ४० पेज लामो प्रतिवेदन बुझाएको आजका नागरिक दैनिकमा खवर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?