एसईई पुनः केन्द्रले नै व्यवस्थापन गर्ने
सारांश
- काठमाडौं, ५ पुस ।
- यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) केन्द्रलेनै व्यवस्थापन गर्ने भएको छ ।
- यो बर्षदेखि प्रदेश सरकारलेनै एसईई परीक्षाको व्यवस्थापन र सञ्चालन गर्ने भनिएपनि जनशक्ति अभाव र संयन्त्र तयार नभएको भन्दै केन्द्रलब्यबस्थापन गर्न लागेको हो ।
काठमाडौं, ५ पुस । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) केन्द्रलेनै व्यवस्थापन गर्ने भएको छ । यो बर्षदेखि प्रदेश सरकारलेनै एसईई परीक्षाको व्यवस्थापन र सञ्चालन गर्ने भनिएपनि जनशक्ति अभाव र संयन्त्र तयार नभएको भन्दै केन्द्रलब्यबस्थापन गर्न लागेको हो ।
अहिले आफूहरु संक्रमणकै अवस्थामा रहेको बताउँदै कार्यालयका नियन्त्रक विष्णुप्रसाद अधिकारीले परीक्षाको नेतृत्व राष्ट्रिय परीक्षा बोर्डले नै गर्ने जानकारी दिए ।
नियन्त्रक अधिकारीले यसपटक प्रश्नपत्रको तयारीदेखि नतिजा प्रकाशनको कामसमेत केन्द्रबाटै हुने बताउँदै २०७६ सालबाट भने प्रदेश स्तरमै परीक्षा सञ्चालन हुने बताए । यस वर्षको एसईई परीक्षा चैत्रको १० गतेबाट सुरु हुने भएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया