प्रस्तावित प्रधानन्यायाधीशलाई सांसदले सोधे ‘जुवा कसरी बौद्धिक खेल भो?’

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १६, २०७५
|
|
२४ पटक हेरिएको
Shares
प्रस्तावित प्रधानन्यायाधीशलाई सांसदले सोधे ‘जुवा कसरी बौद्धिक खेल भो?’

सारांश

  • काठमाडौं ।
  • संसदीय सुनुवाई समितिमा प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको सुनुवाई भएको छ ।
  • कर्मचारीका कारण सुनुवाई नसकिएकाले मंगलबार सुनुवाई हुनेछ ।

काठमाडौं । संसदीय सुनुवाई समितिमा प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको सुनुवाई भएको छ । कर्मचारीका कारण सुनुवाई नसकिएकाले मंगलबार सुनुवाई हुनेछ ।

आइतबार भएको सुनुवाईमा सांसदहरुले न्यायाधीश राणालाई प्रश्नको ओइरो लाएका छन् । उनले प्रश्नको उत्तर दिन भने मंगलबार कुर्नुपर्ने भएको छ ।

उनलाई यस अघि गरेका फैसलाको आधारमा सांसदले प्रश्न सोधेका छन् । सांसद शिवकुमार मण्डलले न्यायाधीश राणालाई सोधे ‘जुवा कसरी बौद्धिक खेल भो?’ उनले जुवालाई बौद्धिक मनोरन्जनको खेल भएको फैसला गरेका थिए । त्यसैगरी सांसदले यस अघि संसदमा भएको उजुरीमा समेत प्रश्न सोधेका छन् ।

मण्डलले प्रश्न गर्ने क्रममा भने, “तपाईको न्यायलय प्रवेश गर्ने बेलामै ब्ल्याकमेलबाट भएको थियो, जुवातासजस्तो अपराधलाई बौद्धिक मनोरञ्जन भनेर फैसला कसरी गर्नुभयो रु न्यायालयले समाजलाई सभ्य बनाउँछ कि विसङ्गति तिर लैजान्छ?”

न्यायाधीश राणले आफ्नो कार्यकालमा न्यायलयमा देखिएका अनियमितता र भ्रष्टाचारको अन्त्य गर्न प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सुनुवाइका क्रममा राणाले नागरिकलाई न्यायमा ढिलाइ भएमा प्रभावकारी अनुगमन गर्ने उल्लेख गरे । उनले न्यायालयको विकृति र विसङ्गतिको अन्त्य गर्न र विचौलिया रोक्ने प्रयास हुने बताए ।
प्रस्तावित प्रधानन्यायाधीश जबराले न्याय दिनमा ढिलासुस्ती भएमा न्यायाधीशको आचारसंहिताको कडाइका साथ पालना गरिने र त्यसअनुसार भए नभएको अनुगमन गर्ने कार्ययोजना सुनाउनुभयो ।

न्यायाधीश जबराको कार्यकालमा तत्कालीन पुनरावेदन अदालतमा रहँदा चार हजार ५०० र सर्वोच्च अदालतमा रहँदा छ हजार ४३८ मुद्दा गरी करीब ११ हजार थान मुद्दामा फैसला गरेको छ । हेरेका विशेष मुद्दामा सौतेनी आमाको अंशमा अधिकार र गुठी सञ्चालनमा छोरीको हकका विषयमा आफूले महत्वपूर्ण फैसला गर्नुभएको छ । सर्वोच्च अदालतमा आएर सरकारी जग्गा निजीकरण गरेको आरोप सांसदले लगाएका छन् ।

प्रस्तावित प्रधानन्यायाधीश जबरालाई सांसदले वीरगञ्जको छप्कैयामा रहेको सार्वजनिक पोखरी निजीकरण गरेको, क्यासिनो रोयलको मुद्दामा विचौलियासँग साँठगाठ गरेको र तत्कालीन राजा वीरेन्द्रको ट्रष्टमा रहेको सम्पति पूर्व राजा ज्ञानेन्द्रकी छोरीलाई दाइजोमा दिने फैसला गरेको प्रति गम्भीर प्रश्न गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?