ओलीले पेल्न थालेपछि माओवादीसँग नजिकिँदै विप्लव

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ११, २०८१
|
|
३७ पटक हेरिएको
Shares
ओलीले पेल्न थालेपछि माओवादीसँग नजिकिँदै विप्लव

सारांश

  • काठमाडौं।
  • नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादी घटकहरुसँगको एकता प्रक्रियाबाट आफूहरु ब्याक नभएको बताएका छन्।
  • बिहीबार माओ दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीको केन्द्रीय कमिटी बैठकले एकता नगर्ने भनी निर्णय गरेको भन्ने कुरा भ्रममात्रै रहेको बताएका हुन्।

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादी घटकहरुसँगको एकता प्रक्रियाबाट आफूहरु ब्याक नभएको बताएका छन्। बिहीबार माओ दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीको केन्द्रीय कमिटी बैठकले एकता नगर्ने भनी निर्णय गरेको भन्ने कुरा भ्रममात्रै रहेको बताएका हुन्। महासचिव विप्लवले आफूहरुले मोर्चा र एकताको ढोका सधैं खुल्ला राखेको बताए।

‘एकताका लागि हामी सकारात्मक छौं। हामी केन्द्रीय समितिको बैठक बस्यौं। ल अब नेकपा एकतामा नआउने भन्ने हल्ला पनि बाहिर छ। त्यो कुरा सत्य होइन। हामी सबै मिलेर एकता आवश्यक छ भन्ने निश्कर्षसहित हामी आएको हो। आजपनि एकताबाट पछि फर्किएको छैन । आवश्यक छ,’ उनले भने।

नेकपाको केन्द्रीय कमिटी बैठकले माओवादीसँग एकताको सम्भावना टरेको निष्कर्ष निकालेको थियो । सो बैठकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई एकता विरोधी नेताको रुपमा चित्रणसमेत गरेको थियो । तर, आज विप्वलले नेकपा एकताको प्रक्रियाबाट पछाडि नहटेको बताए । महासचिव विप्लवले बरु माओवादीले एकताको लागि सकृयता नदेखाएको हो कि जस्तो भान सुरु भएको बताए । आफूहरुले एकताको बारेमा ९ महिनाअघि नै निर्णय गरेको भएपनि माओवादीले अहिलेसम्म पार्टीका फोरमहरुमा औपचारिक बहस सुरु नगरेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा गरेको सहमति कार्यान्वयन नगर्ने संकेत गरेसँग झस्किएको विप्लवले फेरि एकतालाई जोड दिएका हुन् । यसअघिको सरकारले राजनीतिक नेता, कार्यकर्ताका अदालतमा विचाराधीन मुद्दासमेत फिर्ता लिन सक्ने गरी मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ मा संशोधन प्रस्ताव गरेको थियो । कानुनमन्त्री अजयकुमार चौरसियाले संशोधन प्रस्तावमा दफा ६४ फिर्ता लिने खोजेपछि विप्लव सरकारसँग हच्किएका छन् ।

प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा ३ बुँदे सहमति गर्दै विप्लव शान्तिपूर्ण राजनीतिमा आएका थिए । विप्लवसँग तत्कालीन सरकारले गरेको सहमति अझैं कार्यान्वयनमा आइसकेको छैन ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    skapa binance-konto

    Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मनाेरञ्जन समाचार : पुलावामा हमलापछि रियालिटी शो मा गए एक कश्मिरी व्यक्तिले डरको कारण उठाए यो कदम
मनाेरञ्जन समाचार : पुलावामा हमलापछि रियालिटी शो मा गए एक कश्मिरी व्यक्तिले डरको कारण उठाए यो कदम
माओवादी केन्द्र खोटाङद्वारा जनप्रतिनिधिलाई प्रशिक्षण
माओवादी केन्द्र खोटाङद्वारा जनप्रतिनिधिलाई प्रशिक्षण
Mostbet Mobil Dasturi Ilovasi Android Ios Apk Yuklash Yuklab Olish Skachat Мобильный Софт Tarjima Kinolar 2023 Media Olam, Tarjima Kinolar 2023, Uzbek Tilida Kinolar, Premyeralar 2019-2021-2022-2023, Фильмы, Сериалы, Ozbekcha Tarjima 2023, Ozbek Tilida, Uzbek Tilida, Tas-ix Фильмы, Сериалы, Игры, Клипы, Софт, 2021-yil, Музыка, Onlayn Tv, On The Internet Tv Tas-ix, Tas-ix Filmlar, Программы, O`zbekcha Tarjima, Tas-ix, Besplatno, O`zbek Tilida, Uzbek Tilida, Tas-ix 2020, 2021, 202 大田区蒲田 牧田総合病院 社会医療法人財団 仁医
युवालक्षित नवप्रवर्तनलाई प्राथमिकता दिन प्रधानमन्त्रीको निर्देशन
युवालक्षित नवप्रवर्तनलाई प्राथमिकता दिन प्रधानमन्त्रीको निर्देशन
जीप दुर्घटनामा मृत्यु हुने पाँचै जनाको पहिचान खुल्यो
जीप दुर्घटनामा मृत्यु हुने पाँचै जनाको पहिचान खुल्यो
चीनलाई नटेर्ने ताइवानी राष्ट्रपति को हुन्?
चीनलाई नटेर्ने ताइवानी राष्ट्रपति को हुन्?
प्रमुख प्रतिपक्ष कांग्रेसले लगायो सरकारमाथि गम्भिर आरोप
प्रमुख प्रतिपक्ष कांग्रेसले लगायो सरकारमाथि गम्भिर आरोप
पाइलट र को–पाइलटकाे शव काठमाडौं ल्‍याइयाे !
पाइलट र को–पाइलटकाे शव काठमाडौं ल्‍याइयाे !
प्रधानमन्त्री कप महिला टि–२० :  सुदूरपश्चिमले बागमती प्रदेशलाई हरायोv
प्रधानमन्त्री कप महिला टि–२० : सुदूरपश्चिमले बागमती प्रदेशलाई हरायोv
मधुमेहलाई ब्यावस्थापन गर्न जरुरी
मधुमेहलाई ब्यावस्थापन गर्न जरुरी

तपाईंले छुटाउनुभयो कि?