आर्सनलबाट राम्सेले लिए बिदा

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २३, २०७६
|
|
५० पटक हेरिएको
Shares
आर्सनलबाट राम्सेले लिए बिदा

सारांश

  • आर्सनलका मिडफिल्डर आरोन राम्सेले प्रिमियर लिगबाट बिदा लिएका छन् ।
  • ११ वर्ष आर्सनलमा बिताएका राम्सेले युभेन्टसमा अुनबन्ध भएपछि आइतबार राति भएको लिगको अन्तिम खेलपछि भावुक भएर बिदाइ मागे ।
  • सन् २००८ मा आर्सनलमा अनुबन्ध भएका राम्सेसँगै पिटर चेक र डेनी वेलबेकले पनि घरेलु दर्शकबाट बिदाइ मागे ।

आर्सनलका मिडफिल्डर आरोन राम्सेले प्रिमियर लिगबाट बिदा लिएका छन् । ११ वर्ष आर्सनलमा बिताएका राम्सेले युभेन्टसमा अुनबन्ध भएपछि आइतबार राति भएको लिगको अन्तिम खेलपछि भावुक भएर बिदाइ मागे ।

सन् २००८ मा आर्सनलमा अनुबन्ध भएका राम्सेसँगै पिटर चेक र डेनी वेलबेकले पनि घरेलु दर्शकबाट बिदाइ मागे । लिगको अन्तिम खेलमा ब्राइटोनसँग एक–एक गोलको बराबरी खेलेपछि शीर्ष चारको यात्रा समाप्त भएको आर्सनलको च्याम्पियन्स लिग खेल्ने सपना अधुरो बन्यो ।

यता १७ वर्षको उमेरमा कार्डीफबाट आर्सनलमा अनुबन्ध भएका राम्से यसैसिजनमा युभेन्टसमा अनुबन्ध भएका थिए । उनले बिदाइ समारोहमा आफू एउटा युवा केटाका रुपमा आर्सनलमा आएको र अहिले परिपक्ज भएर जादै गरेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?