कांग्रेस महासमितिमा विवाद चर्कियो,बैठक स्थल खाली (फोटो फिचर)

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २, २०७५
|
|
३४ पटक हेरिएको
Shares
कांग्रेस महासमितिमा विवाद चर्कियो,बैठक स्थल खाली (फोटो फिचर)

सारांश

  • काठमाडौं।
  • नेपाली काँग्रेस भित्र पार्टीको विधान संशोधन मस्यौदामा देखिएको विवाद चर्केर गएको छ।
  • पार्टीको विधान मस्यौदामा पदाधिकारी संख्या बढाउनुपर्ने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको माग सम्बोधन नगर्ने अडानमा संस्थापन पक्ष रहेपछि सो सम्बन्धि विवाद काँग्रेस भित्र चर्र्किएको हो।

काठमाडौं। नेपाली काँग्रेस भित्र पार्टीको विधान संशोधन मस्यौदामा देखिएको विवाद चर्केर गएको छ।
पार्टीको विधान मस्यौदामा पदाधिकारी संख्या बढाउनुपर्ने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको माग सम्बोधन नगर्ने अडानमा संस्थापन पक्ष रहेपछि सो सम्बन्धि विवाद काँग्रेस भित्र चर्र्किएको हो। सोही समस्या समाधानका लागि सोमबार बिहान सिंहदरबारमा बसेको काँग्रेस पदाधिकारी बैठक पनि विना निष्कर्ष सकिएको छ। साँझ केन्द्रीय कार्य समिति बैठकबाट सो विषयमा आवश्यक निर्णय लिने निर्णय गर्दै पदाधिकारी बैठक विना निष्कर्ष सकिएको हो।

पदाधिकारीको संख्या, केन्द्रीय कार्य समितिको प्रतिनिधित्वलगायतका केही सवालमा देखिएको समस्या साँझ बस्ने केन्द्रीय कार्य समिति बैठकले हल गर्ने निर्णय गर्दै पदाधिकारी बैठक सकिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। अहिले काँग्रेस नेतृत्व रामशाहपथस्थित योगम्बर पार्टी प्यालेसमा जारी महासमिति बैठकमा सहभागी भएका छन्। सोमबर तेस्रो दिन काँग्रेस महासमिति बैठकको बन्द सत्र जारी छ।

काँग्रेस महासमितिको बन्दसत्रमा राजनीतिक, आर्थिक, सांगठनिक र पार्टीको आयव्यय सम्बन्धि प्रतिवेदनमाथि छलफल भईरहेको छ। तर विधान मस्यौदामा भने सहमति नजुटेपछि अपरान्ह केन्द्रीय कार्य समितिको बैठक बोलाइएको हो। साँझ ६ बजेपछि बस्ने केन्द्रिय कार्य समिति बैठकले विधान मस्यौदामा पनि सहमति जुटाउने प्रवक्ता शर्माको दावी छ।

महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान संशोधन मस्यौदा समितिले तयार पारेको विधान सम्बन्धि प्रतिवेदनमा काँग्रेस केन्द्रीय कार्य समितिमा अझै सहमति जुटन सकेको छैन। पार्टीको संस्थापन पक्ष र वरिष्ठ नेता पौडेल पक्षबीच सहमति नजुटेकै कारण सो प्रतिवेदन अझै महासमिति बैठकमा पेश हुन नसकेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानन्यायाधीश जबराले प्रधानसेनापति थापालाई सर्वोच्चमा बोलाएर किन भेटे
प्रधानन्यायाधीश जबराले प्रधानसेनापति थापालाई सर्वोच्चमा बोलाएर किन भेटे
मनसुन सुरु भएयता प्राकृतिक प्रकोपमा देशभर ७० जनाको मृत्यु
मनसुन सुरु भएयता प्राकृतिक प्रकोपमा देशभर ७० जनाको मृत्यु
पोखरामा दुर्घटनाग्रस्त एटिआर जहाजको फ्लाइट डाटा र ककपिट भ्वाइस रेकर्डरमा के भेटियो ?
पोखरामा दुर्घटनाग्रस्त एटिआर जहाजको फ्लाइट डाटा र ककपिट भ्वाइस रेकर्डरमा के भेटियो ?
राखी सावन्तले आफूले बिहे गरेको पुष्टि गर्दै प्रेमकथा सुनाइन्, को हुन् उनका पति ?
राखी सावन्तले आफूले बिहे गरेको पुष्टि गर्दै प्रेमकथा सुनाइन्, को हुन् उनका पति ?
जर्मनीमा दुईवटा गोलीकाण्डमा कम्तीमा ‘आठ व्यक्तिको मृत्यु’
जर्मनीमा दुईवटा गोलीकाण्डमा कम्तीमा ‘आठ व्यक्तिको मृत्यु’
चासोको विषय, कस्लाई बनाउलान २ नम्बर प्रदेशका जनताले पहिलो पार्टि ?
चासोको विषय, कस्लाई बनाउलान २ नम्बर प्रदेशका जनताले पहिलो पार्टि ?
कांग्रेसको नेतृत्वमा सरकार बनाउने सल्लाह भैसकेको छ : प्रधानमन्त्री देउवा
कांग्रेसको नेतृत्वमा सरकार बनाउने सल्लाह भैसकेको छ : प्रधानमन्त्री देउवा
कुकुरको अपहरणमा करोडौ फिरौती मागे
कुकुरको अपहरणमा करोडौ फिरौती मागे
दश वर्षीया बालिकाको आगलागीबाट मृत्यु
दश वर्षीया बालिकाको आगलागीबाट मृत्यु
आस्थाभन्दा माथि उठेर जिल्लाको विकासमा लाग्न दाङका सांसदहरुलाई सभामुखको आग्रह
आस्थाभन्दा माथि उठेर जिल्लाको विकासमा लाग्न दाङका सांसदहरुलाई सभामुखको आग्रह

तपाईंले छुटाउनुभयो कि?