डाक्टर गोविन्द केसीले सुरु गरे १६ औं अनशन, यस्ता छन् मागहरु

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २५, २०७५
|
|
२१ पटक हेरिएको
Shares
डाक्टर गोविन्द केसीले सुरु गरे १६ औं अनशन, यस्ता छन् मागहरु

सारांश

  • काठमाडौं, २५ पुस ।
  • डाक्टर गोविन्द केसीले आजबाट १६ औं अनसन सुरु गरेका छन्।
  • सरकारले आफूसँग साउन १० मा भएको सहमति पालना नगरेकोमा केसी असन्तुष्ट छन् ।

काठमाडौं, २५ पुस । डाक्टर गोविन्द केसीले आजबाट १६ औं अनसन सुरु गरेका छन्। सरकारले आफूसँग साउन १० मा भएको सहमति पालना नगरेकोमा केसी असन्तुष्ट छन् । आफूसँग भएको सहमतिअनुसार नै चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गराउन उनको माग छ ।

केसीका मागहरुः

१) १५ औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता बमोजिम अक्षरशः संशोधन गरेर अविलम्ब चिकित्सा शिक्षा बिधेयक संसदबाट पारित गरियोस् ।

२) गौरी बहादुर कार्की नेतृत्वको जाँचवुझ आयोगको प्रतिवेदनले दोषि ठहर गरेका त्रि.वि. पदाधिकारी लगायतका व्यक्तिहरुलाई तत्काल सिफारिश बमोजिम बर्खास्ती लगायतका कारवाही गरियोस् । त्रिवि पदाधिकारीहरुद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरु पुनः सो संस्थान मै फिर्ता गरियोस् । कृषि तथा वन विश्वविद्यालयमा सम्बन्धन रोक्ने मन्त्री परिषदको निर्णय बाबजुद चोर बाटोबाट दिन लागिएको सम्बन्धन तत्काल रोक्दै दोषी पदाधिकारीहरुलाई कारवाही गरियोस् ।

३) सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अघि बढाइयोस् । साथै पूर्वी पहाडका ताप्लेजुंग, इलाम ,पाँचथर,तेह्रथुम लगायतका जिल्लाका नागरिकलाई सहज स्वास्थ्य सेवा तथा मेडिकल शिक्षाका लागि लागि इलाममा; सोलुखुम्बु, ओखलढुंगा, खोटांग, भोजपुर, उदयपुर, सिराहा र सप्तरी लगायतका जिल्ला समेटेर उदयपुरमा; सुदुर पश्चिमका पहाडका डडेल्धुरा, डोटी, बैतडी, बझांग, अछाम, दार्चुला लगायतका जिल्ला समेटेर डोटी वा डडेल्धुरामा अबिलम्ब सरकारी मेडिकल कलेज तथा अस्पताल खोलियोस् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस भर्ना शुरु गर्ने व्यवस्था गरियोस् ।

४) निर्मला पन्तको बलत्कार र हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्दा चलाइयोस् । साथै, प्रमाण लोप गर्ने, झुठा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न चलेको आन्दोलनमा गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरु माथि तत्काल फौजदारी मुद्दा चलाइयोस् ।

५) द्वन्द्वकालका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई अन्तर्राष्ट्रिय कानुन अनुसार दण्डित गरियोस् । द्वन्द्वपीडितहरुको माग सुनुवाइ गर्दै संक्रमणकालीन न्याय शीघ्र टुंगोमा पुर्याइयोस् ।

६) नेपाल सरकारको निर्णयको उल्लंघन गरी काठमाण्डौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारी माथि कारवाही गरियास् ।

डा गोविन्द केसी
इलाम
२०७५।९।२५

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्मला प्रकरण : अनुसन्धान प्रभावकारी बनाउन एसपी दुर्गा सिंह चन्द कञ्चनपुरतिर
निर्मला प्रकरण : अनुसन्धान प्रभावकारी बनाउन एसपी दुर्गा सिंह चन्द कञ्चनपुरतिर
मदरगाछको उर्वर माटोमा ‘ड्रागन फ्रुट’ खेती
मदरगाछको उर्वर माटोमा ‘ड्रागन फ्रुट’ खेती
 हेटौडामा प्रत्येक बुधबार कृषि हाट बजार लाग्ने !
 हेटौडामा प्रत्येक बुधबार कृषि हाट बजार लाग्ने !
मेलम्ची पानी उपत्यकामा ६ महिनापछि
मेलम्ची पानी उपत्यकामा ६ महिनापछि
राष्ट्रियसभा निर्वाचनको तयारी पूरा
शुक्रबार बिहानबाट यसरी ह्वात्तै बढ्यो कांग्रेसको अग्रता, पहिलो पार्टी हुने संकेत !
शुक्रबार बिहानबाट यसरी ह्वात्तै बढ्यो कांग्रेसको अग्रता, पहिलो पार्टी हुने संकेत !
निर्मला पन्त प्रकरण: यी ब्यक्तिले अाराेप स्विकारे
Ex-Bigg Boss contestant Arshi Khan’s latest bikini pictures are breaking the internet, see pics
Ex-Bigg Boss contestant Arshi Khan’s latest bikini pictures are breaking the internet, see pics
पोखराको गोप्य भेटघाट सकेर पूर्वराजा ज्ञानेन्द्र आज सिमरा जाँदै, यस्तो छ रहस्य
पोखराको गोप्य भेटघाट सकेर पूर्वराजा ज्ञानेन्द्र आज सिमरा जाँदै, यस्तो छ रहस्य
तेस्रो तिम्बुङ पोखरी महोत्सव हुने,  पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्य !
तेस्रो तिम्बुङ पोखरी महोत्सव हुने, पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्य !

तपाईंले छुटाउनुभयो कि?