रेडक्रसलाई एम्बुलेन्स र विद्यालयलाई बस

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३०, २०७५
|
|
४० पटक हेरिएको
Shares
रेडक्रसलाई एम्बुलेन्स र विद्यालयलाई बस

सारांश

  • बनियानी, झापा, ३० साउन  ७२औँ स्वतन्त्रता दिवसको अवसरमा भारतीय दुतावासले नेपाल रेडक्रस सोसाइटी झापा र एक विद्यालयलाई आज सवारीसाधन प्रदान गरेको छ ।
  • रेडक्रस झापालाई दुई वटा एम्बुलेन्स र भद्रपुर नगरपालिकास्थित हिमाली उच्च मावि पृथ्वीनगरको विद्यालयलाई एक बस प्रदान गरेको जिल्ला रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए ।
  • “एउटा झापा शाखा र एउटा गौरादह उपशाखालाई प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “यसले विपद् व्यवस्थापनमा सहयोग मिल्नेछ ।

बनियानी, झापा, ३० साउन  ७२औँ स्वतन्त्रता दिवसको अवसरमा भारतीय दुतावासले नेपाल रेडक्रस सोसाइटी झापा र एक विद्यालयलाई आज सवारीसाधन प्रदान गरेको छ ।रेडक्रस झापालाई दुई वटा एम्बुलेन्स र भद्रपुर नगरपालिकास्थित हिमाली उच्च मावि पृथ्वीनगरको विद्यालयलाई एक बस प्रदान गरेको जिल्ला रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए ।

“एउटा झापा शाखा र एउटा गौरादह उपशाखालाई प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “यसले विपद् व्यवस्थापनमा सहयोग मिल्नेछ ।” उहाँका अनुसार भारत सरकारले नेपालभर ३० वटा एम्बुलेन्स प्रदान गरेको छ जसमा तीन जिल्लाका रेडक्रस परेका छन् । झापा रेडक्रसलाई दुई थान, चितवन र धनुषा रेडक्रसलाई एक÷एक थान एम्बुलेन्स प्रदान गरिएको सभापति ढकालले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?