कागजमा पोको पारेर ५० रुपैयाँ घुस लिन्छन कर्मचारी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १५, २०७५
|
|
३२ पटक हेरिएको
Shares
कागजमा पोको पारेर ५० रुपैयाँ घुस लिन्छन कर्मचारी

सारांश

  • काठमाडौं १५ माघ ।
  • एक युवकले कागजको चिर्कटोभित्र ५० रुपैयाँ पोको पारे ।
  • उताउता हेरे अनि कर्मचारीको हातमा थमाइदिए ।

काठमाडौं १५ माघ । एक युवकले कागजको चिर्कटोभित्र ५० रुपैयाँ पोको पारे । उताउता हेरे अनि कर्मचारीको हातमा थमाइदिए । कर्मचारीले हतारहतार गोजीमा पैसा हाले । कालो ज्याकेट लगाएको ती कर्मचारी पैसा लिएपछि कागजपत्र मिलाउन थाले । पैसा दिने युवक कार्यालयको पछिल्तिरको झ्यालमा गएर उर्भि । आइतबार दिउँसो १ः१६ बजे । ललितपुर, नापी कार्यालयको प्राविधिक फाँट अन्तरगत कोठा नम्बर ५ को दृष्य हो यो ।

दिउँसो १ः३५ बजे । मालपोत कार्यालको प्रतीक्षलयमा ३ जान गफिइरहेका थिए । एक युवकले भने, ‘तपाईसँग कामका लागि ४ हजार लाग्छ ।’ जग्गा नामसारी गर्न आएका ती सेवाग्राहीले भने, ‘त्यत्रो पैसा त दिन सकिन्नँ । अलि मिलाएर गर्नुस न ।’ ती युवकले भने कर्मचारीदेखि सबैलाई मिलाएर काम गराउनु पर्छ । ४ हजार त लागिहाल्छ दाइ । झण्डै १५ मिनेटको गलफत्तीपछि उनीहरुले तीन हजारमा कुरा मिलाए ।अन्नपूर्ण

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?