महाधिवेशनले जे भनेको छ, त्यही हो पार्टीको धारणा: सिंह

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ११, २०७५
|
|
४४ पटक हेरिएको
Shares
महाधिवेशनले जे भनेको छ, त्यही हो पार्टीको धारणा: सिंह

सारांश

  • भद्रपुर, ११ चैत ।
  • नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले सङ्घीयता, गणतन्त्र र धर्म निरपेक्षताको विषयमा महाधिवेशनले पारित गरेको दृष्टिकोण नै पार्टीको आधिकारिक ‘लाइन’ भएको बताउनुभएको छ ।
  • झापाको विर्तामोडमा नेपाल प्रेस युनियनले आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टीका विभिन्न नेताले महाधिवेशनको लाइन विपरीत बोलेका विचार निजी हुने स्पष्ट पार्नुभयो ।

भद्रपुर, ११ चैत । नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले सङ्घीयता, गणतन्त्र र धर्म निरपेक्षताको विषयमा महाधिवेशनले पारित गरेको दृष्टिकोण नै पार्टीको आधिकारिक ‘लाइन’ भएको बताउनुभएको छ ।

झापाको विर्तामोडमा नेपाल प्रेस युनियनले आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टीका विभिन्न नेताले महाधिवेशनको लाइन विपरीत बोलेका विचार निजी हुने स्पष्ट पार्नुभयो ।

“नेपाली काङ्ग्रेस लोकतान्त्रिक पार्टी भएकाले आफ्नो अलग्गै धारणा राख्न पाउने नेताको पनि अधिकार हो”, उहाँले भन्नुभयो, “तर पार्टीको आधिकारिक धारणा के हो भनेर प्रश्न उठ्यो भने कुनै अलमलमा पर्न जरुरी छैन, महाधिवेशनले जे भनेको छ, त्यही हो पार्टीको धारणा ।”

पत्रकारहरुले सोधेको प्रश्नको जवाफमा पूर्व महामन्त्री सिंहले सत्तासँग असन्तुष्ट विप्लव समूहलाई वार्तामा ल्याउनेसमेत औकात अहिलेको सरकारसँग नभएको टिप्पणी गर्नुभयो ।

नेपाली काङ्ग्रेसको नेतृत्वमा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सशस्त्र सङ्घर्षमा रहेको तत्कालीन विद्रोही माओवादीलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याएको स्मरण गर्दै उहाँले अविलम्ब विप्लव समूहलाई वार्तामा ल्याउन र सम्झाउन वर्तमान सरकारसँग आग्रह गर्नुभयो

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंका सचेत जनताले एमालेलाई भोट हाल्छन् : अध्यक्ष ओली
काठमाडौंका सचेत जनताले एमालेलाई भोट हाल्छन् : अध्यक्ष ओली
काठमाडौमा कोरोना संक्रमणबाट आज एकजनाको मृत्यु
कर्णाली प्रदेशमा असार १ गते उत्पादनमुखी बजेट ल्याउने तयारी
कर्णाली प्रदेशमा असार १ गते उत्पादनमुखी बजेट ल्याउने तयारी
कति दिन सम्म दशैँकाे टिका लगाउन मिल्छ ?
कति दिन सम्म दशैँकाे टिका लगाउन मिल्छ ?
प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा रिमाल, आर्थिकमा खतिवडा
प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा रिमाल, आर्थिकमा खतिवडा
‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सञ्चालन, सात प्रदेशका ७ वडासम्मै पुग्ने प्रधानमन्त्री
‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सञ्चालन, सात प्रदेशका ७ वडासम्मै पुग्ने प्रधानमन्त्री
गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले यसरी सम्झियो खगेन्द्र थापा मगरलाई
गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले यसरी सम्झियो खगेन्द्र थापा मगरलाई
लगातारको पानीले भक्तपुर र बनेपा डुबानमा, बाटोमा पहिरो जाँदा यात्रु अलपत्र
लगातारको पानीले भक्तपुर र बनेपा डुबानमा, बाटोमा पहिरो जाँदा यात्रु अलपत्र
अनलाइनबाटै घरघरमा फापरको झिलिङ्गा र खुर्पानीको सुकुटी
अनलाइनबाटै घरघरमा फापरको झिलिङ्गा र खुर्पानीको सुकुटी
बहुविधाका सर्जक डा. बच्चुकैलाश कैनीका पाँच कृति लोकार्पण
बहुविधाका सर्जक डा. बच्चुकैलाश कैनीका पाँच कृति लोकार्पण