राष्ट्रियसभाको उपाध्यक्षमा माओवादी नेत्री अर्याल निर्वाचित

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २३, २०७९
|
|
४१ पटक हेरिएको
Shares
राष्ट्रियसभाको उपाध्यक्षमा माओवादी नेत्री अर्याल निर्वाचित

सारांश

  • काठमाडौं ।
  • राष्ट्रियसभाको आजको बैठक बसेको छ ।
  • आजको बैठकमा एक वर्षदेखि रिक्त रहेको उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य उर्मिला अर्याल निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरिएको छ ।

काठमाडौं । राष्ट्रियसभाको आजको बैठक बसेको छ । आजको बैठकमा एक वर्षदेखि रिक्त रहेको उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य उर्मिला अर्याल निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरिएको छ । नेत्री अर्यालको विपक्षमा अरुकुनै पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएकी हुन् ।

यसअघि उपाध्यक्ष रहेकी शशीकला दाहालको चार वर्षे कार्यकाल २०७८ सालमै सकिएको थियो । नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गर्दै अर्याललाई निर्विरोध हुन सघाएको थियो ।

राष्ट्रियसभाको आजको बैठकको कार्यसूची अनुसार अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निवार्चित गरियोस् भन्ने प्रस्ताव भौतिक योजना तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पेश गरेका थिए । त्यसैगरी, नेकपा (एमाले)का देवेन्द्र दाहाल र कलम चुनाव चिन्ह लिएर यस सभाको सदस्य जितेका खिमलाल देवकोटाले समर्थन गरेका थिए ।  उनको बारेमा संक्षिप्त छलफल भएसँगै अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए । त्यससँगै अध्यक्ष तिमल्सिनाले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरी अर्याललाई बधाई दिएर २१ मिनेटका लागि बैठक स्थगित गरे ।

को हुन् उपाध्यक्ष अर्याल ? 
पर्साको वीरगञ्ज महानगरपालिका–२३ गण्डक चोक स्थायी ठेगाना भएकी अर्याल मधेश प्रदेशबाट २०७८ साल माघमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी थिइन् । उनी २०६९ सालमा नेकपा एमाले छाडेर माओवादी केन्द्र प्रवेश गरेकी थिइन् । ६६ वर्षीया अर्यालले समाजशास्त्र विषयमा स्नातकोत्तर गरेकी छन् ।

नेकपा मसाल पृष्ठभूमिकी उनी २०४७ सालसम्म महिला विकास अधिकृत थिइन् । उक्त पदबाट राजीनामा दिएर २०४८ सालमा उनी नेकपा एमालेको राजनीतिमा होमिएकी थिइन् । उनी झलनाथ खनाल नेतृत्वको सरकारमा स्थानीय विकास मन्त्रीसमेत भएकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय एकताको पक्षमा सकारात्मक भाष्य निर्माण गर्ने अठोटका साथ विजया दशमी मनाऔँ : प्रधानमन्त्री दाहाल
राष्ट्रिय एकताको पक्षमा सकारात्मक भाष्य निर्माण गर्ने अठोटका साथ विजया दशमी मनाऔँ : प्रधानमन्त्री दाहाल
पुर्व मन्त्री बस्नेतलाई रेणुले भनिन : बन्दुक दिनुस मार्छु र मर्छु पनि
पुर्व मन्त्री बस्नेतलाई रेणुले भनिन : बन्दुक दिनुस मार्छु र मर्छु पनि
नाबालिगलाई जबर्जस्तीकरणी गरेको आरोपमा वडा अध्यक्ष श्रेष्ठ पक्राउ
नाबालिगलाई जबर्जस्तीकरणी गरेको आरोपमा वडा अध्यक्ष श्रेष्ठ पक्राउ
उजिर मगर प्रेस सेन्टरबाट निश्काषित
उजिर मगर प्रेस सेन्टरबाट निश्काषित
नर्भिक अस्पताललाई युरोपमा अन्तर्राष्ट्रिय गुणस्तर पुरस्कार
नर्भिक अस्पताललाई युरोपमा अन्तर्राष्ट्रिय गुणस्तर पुरस्कार
नेपाललाई ठूलो झड्का, १० औं ओभरमा कप्तान दिपेन्द्र सिंह ऐरी आउट भएका छन् / एसिया कप सेमिफाइनलमा नेपाल-अफगानिस्तान भिड्दै
नेपाललाई ठूलो झड्का, १० औं ओभरमा कप्तान दिपेन्द्र सिंह ऐरी आउट भएका छन् / एसिया कप सेमिफाइनलमा नेपाल-अफगानिस्तान भिड्दै
होटल म्यानेजमेन्टमा विद्यार्थीको आकर्षण बढ्दै
होटल म्यानेजमेन्टमा विद्यार्थीको आकर्षण बढ्दै
अभिनयमा पुनरागमन गर्दै अभिनेता राजबल्लभ
अभिनयमा पुनरागमन गर्दै अभिनेता राजबल्लभ
संकटमा कांग्रेसः देउवाले राजीनामा देलान् ?
संकटमा कांग्रेसः देउवाले राजीनामा देलान् ?
विराटनगरको सिंघिया खोलामा बालिकाको शव भेटियो
विराटनगरको सिंघिया खोलामा बालिकाको शव भेटियो