गाउँपालिकाका अध्यक्षको बिरामीलाई सहयोग

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २४, २०७४
|
|
४३ पटक हेरिएको
Shares

सारांश

  • जाजरकोट, २४ साउन ।
  • जुनी चाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले बिरामीलाई रु २० हजार सहयोग गर्नुभएको छ ।
  • गाउँपालिका वडा नं १ की भीमसरा खड्काको भाँचिएको खुट्टाबाट रड निकाल्ने रकम नहुँदा समस्यामा परेको थाहा पाएपछि उहाँले सोमबार सो सहयोग गरेको बताउनुभयो ।

जाजरकोट, २४ साउन । जुनी चाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले बिरामीलाई रु २० हजार सहयोग गर्नुभएको छ ।

गाउँपालिका वडा नं १ की भीमसरा खड्काको भाँचिएको खुट्टाबाट रड निकाल्ने रकम नहुँदा समस्यामा परेको थाहा पाएपछि उहाँले सोमबार सो सहयोग गरेको बताउनुभयो ।

केसीको सहयोग पाएपछि आर्थिक अभावमा समस्यामा परेकी भीमसराले अस्पताल गएर रड निकाल्ने तयारीमा रहेको बताउनुभयो । पैसा नहुँदा घरमा रहेको एक हल गोरु बिक्री गर्ने तयारीमा रहेकी खड्का अब सो रकम पाएपछि खुसी हुँदै सहयोगीका साथमा नेपालगञ्जतर्फ लाग्नुभएको छ ।

मतदातालाई धन्यवाद दिँदै गाउँगाउँमा पुग्नुभएका केसीले बिरामीको समस्या देखेपछि सो रकम सहयोग गरेको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?