साहस र सङ्कल्पले असम्भव कुरा पनि सम्भव : अध्यक्ष ओली

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १४, २०८०
|
|
४२ पटक हेरिएको
Shares
साहस र सङ्कल्पले असम्भव कुरा पनि सम्भव : अध्यक्ष ओली

सारांश

  • काठमाडौँ ।
  • नेकपा (एमाले) ले अपाङ्गता (दुवै खुट्टा गुमाएका ) भए पनि सगरमाथाको शिखर सफल आरोहण गरेका रोल्पाका हरिबहादुर बुढामगरलाई सम्मान गरेको छ ।
  • ललितपुरस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा आज एमाले अध्यक्ष केपी शर्मा ओलीले उहाँलाई खादा र पुष्पगुच्छासहित सम्मान गरेका हुन् ।

काठमाडौँ । नेकपा (एमाले) ले अपाङ्गता (दुवै खुट्टा गुमाएका ) भए पनि सगरमाथाको शिखर सफल आरोहण गरेका रोल्पाका हरिबहादुर बुढामगरलाई सम्मान गरेको छ ।

ललितपुरस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा आज एमाले अध्यक्ष केपी शर्मा ओलीले उहाँलाई खादा र पुष्पगुच्छासहित सम्मान गरेका हुन् । अध्यक्ष ओलीले उनको सगरमाथाको सफल आरोहण अपाङ्गता भएका व्यक्तिहरूको मात्रै नभएर सबै नेपाली र विश्वकै लागि पनि प्रेरणादायी रहेको बताए ।

उनले बुढामगरको सफलता नेपाल र नेपालीको मात्रै सफलता नभएर विश्वकै सफलता भएको पनि उल्लेख गरे । “हरि बुढामगरको सगरमाथाको सफल आरोहण हामी सबैका लागि प्रेरणादायी छ । मानिसले साहस र सङ्कल्प गरे असम्भव देखिएका चिज पनि सम्भव हुन्छन”, उनले भने, “उहाँ अपाङ्गता भएर यताउता हिँड्न नसक्ने हुनुहुन्छ । तर सगरमाथा चढेर आउनुभयो ।”

अध्यक्ष ओलीले मगरले शारीरिक अपाङ्गता भएका मानिसको उचाइ सगरमाथामाथि थप्नुभएको भनाइ राखे । “सबैका लागि उहाँ प्रेरणाको स्रोत बन्नुभएको छ । यो सफलता हामी सबै नेपालीको सफलता हो । विश्वकै साहस र सङ्कल्पको सफलता हो । केही गर्छु भन्ने अठोटको सफलता हो”, ओलीले भने ।

कार्यक्रममा उपमहासचिव प्रदीप ज्ञवालीले दुवै खुट्टा नभएर विश्वको सर्वोच्च सगरमाथा चढेर मगरले नेपालका लागि खुसी र गर्वको विषय बनाएको बताए ।

सफल आरोही मगरले अपाङ्गता भएका व्यक्तिलाई सहयोग र अवसर दिन आग्रह गरे । उनले नेपाल र नेपालीको शिर सगरमाथा जस्तै उच्च राख्न सकेको बताए ।

सगरमाथाको चुचुरोमा अपाङ्गता भएका व्यक्तिलाई पनि पु¥याइएको आफूलाई अनुभव प्राप्त भएको उनको भनाइ थियो । उहाँले अपाङ्गता जनजागरण ल्याउने र अपाङगता भएका व्यक्तिको सेवामा खटिने बताए ।

रोल्पाको थबाङस्थित मिरुल घर भएका दुवै खुट्टा गुमाएका बुढामगरले यही जेठ ५ गते विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अपांगता अधिकारसम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा राष्ट्रपतिको जोड
अपांगता अधिकारसम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा राष्ट्रपतिको जोड
अनशनरत डा.केसीको पक्षमा प्रदर्शन
अनशनरत डा.केसीको पक्षमा प्रदर्शन
मतदान नगर्नेमा दीपक मनाङेबाहेक अरु छ जना को-को हुन् ?
मतदान नगर्नेमा दीपक मनाङेबाहेक अरु छ जना को-को हुन् ?
४० वर्षको उमेरमा पनि राखी हर्ट एण्ड फिट, यस्तो छ रहस्य
४० वर्षको उमेरमा पनि राखी हर्ट एण्ड फिट, यस्तो छ रहस्य
‘मिसन ग्रासरुट’ ले सम्झायो अष्टलक्ष्मीकी छोरीकी ‘भूमिगत आमा’
‘मिसन ग्रासरुट’ ले सम्झायो अष्टलक्ष्मीकी छोरीकी ‘भूमिगत आमा’
पूर्वराष्ट्रपति डा यादव भन्छन् : गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलको व्यवहारमा सुधार जरुरी छ
पूर्वराष्ट्रपति डा यादव भन्छन् : गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलको व्यवहारमा सुधार जरुरी छ
सेक्स गर्न खासै ठूलाे ठाउँ चाहिँदैन… बच्चा जन्माउन अपिल गर्दै मन्त्रीले भनिन्
सेक्स गर्न खासै ठूलाे ठाउँ चाहिँदैन… बच्चा जन्माउन अपिल गर्दै मन्त्रीले भनिन्
ट्रम्पका आन्तरिक सुरक्षा सल्लाहकारद्वारा राजिनामा
ट्रम्पका आन्तरिक सुरक्षा सल्लाहकारद्वारा राजिनामा
उपनिर्वाचन: काङ्ग्रेसको विरासत भत्काउने दाउमा नेकपा
उपनिर्वाचन: काङ्ग्रेसको विरासत भत्काउने दाउमा नेकपा
सरकारका दुई वर्ष 
सरकारका दुई वर्ष