सरकार कुरा बुझेरै अगाडि बढेको छ : प्रम ओली

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २, २०७५
|
|
२६ पटक हेरिएको
Shares
सरकार कुरा बुझेरै अगाडि बढेको छ : प्रम ओली

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार समृद्धिको यात्रामा अगाडि बढिसकेको बताएका छन् ।
  • सरकारले स्पष्ट नीति र कार्यक्रमका साथ समृद्धिको बाटो समातिसकेकाले अब विकास हुने बताए ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार समृद्धिको यात्रामा अगाडि बढिसकेको बताएका छन् । सरकारले स्पष्ट नीति र कार्यक्रमका साथ समृद्धिको बाटो समातिसकेकाले अब विकास हुने बताए ।

गोल्छा र हेस्टर बायोसाइन्सेस लिमिटेड भारतको संयुक्त लगानी रहेको बनेपा शेरास्थित हेस्टर बायोसाइन्सेस नेपाल प्रालिको भवन उद्घाटन समारोमा प्रधानमन्त्री ओलीले बहुमतको सरकार छ, सरकारलाई हामी कहाँ छौँ, कहाँ पुग्ने, कसरी पुग्ने भन्नेबारे राम्रोसँग थाहा भएको बताए । अहिलेको सरकार कुरा बुझेरै अगाडि बढेको स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार आफ्नो कार्यकाल सकाएर अर्को संसदीय निर्वाचन गराउने जिकिर गरे । “निर्वाचनपछि अर्को सरकार के बन्छ, अहिल्यैदेखि मान्छे तर्साउने काम नगरौँ” प्रधानमन्त्रीको भनाइ छ ।

नेपालमा लगानी गर्न वातावरण सहज भएकाले उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपालमा लगानी गर्ने वातावरण राम्रो बनेको स्पष्ट पारे । संसारका कुनै पनि व्यक्ति वा समूहले निःसन्देह लगानी गरे हुन्छ, केही समस्या भए सरकारले मध्यस्तता गर्ने बताए ।

कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले वर्तमान सरकार निजी क्षेत्रका लागि सहज र पहुँचयोग्य भएको बताउँदै अन्य देशमा यस्तो उदाहरण पाउन मुस्किल हुने बताए । “लगानीको वातावरण बनाउन औद्योगिक नीतिमा थप सुधार गर्नुपर्नेछ, अब उद्योगलाई एकद्वार प्रणालीबाट सेवा दिने पूर्वाधार तयार गर्न धेरै समय लाग्दैन” मन्त्री खतिवडाले भने ।

कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले सरकारले एकीकृत करप्रणालीको वातावरण मिलाई दिए नयाँ नयाँ उद्योग स्थापना गर्ने बताइन् । हेस्टर बायोसाइन्सेस नेपाल प्रालिका प्रबन्ध निर्देशक राजीव गान्धीले आफूहरुसँग पशुमा लाग्ने रोग निको पार्ने भ्याक्सिन उत्पादन गर्ने उन्नत प्रविधि रहेको दाबी गरे । गोल्छा संगठनका कार्यकारी निर्देशक शेखर गोल्छाले हेस्टरले उच्च प्रविधिको प्रयोगमा कुखुरा तथा चौपायलाई आवश्यक पर्ने भ्याक्सिन उत्पादन गरिरहेको बताउँदै यस उद्योगले दुई करोड डोज भ्याक्सिन निर्यात गरिसकेको जानकारी दिए ।

(Diazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?