सीरियामा आईएसआईएसको अन्त्य भइसकेको हो ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ९, २०७५
|
|
२१ पटक हेरिएको
Shares
सीरियामा आईएसआईएसको अन्त्य भइसकेको हो ?

सारांश

  • बीबीसी।
  • सीरियाको त्योे अन्तिम गाउँबाट मानिसहरुलाई सुरक्षित रुपमा बाहिर निकालिएको छ, जहाँ स्वयंलाइ इस्लामिक स्टेट बताउने आतंकवादी संगठनको कब्जा थियो।
  • बुधबार एक समूहले इराकको सीमा नजिकै सीरियाको बागुज गाउँबाट सयौं महिला, पुरुष र बच्चालाई सुरक्षित बाहिर निकालेको थियो।
बीबीसी। सीरियाको त्योे अन्तिम गाउँबाट मानिसहरुलाई सुरक्षित रुपमा बाहिर निकालिएको छ, जहाँ स्वयंलाइ इस्लामिक स्टेट बताउने आतंकवादी संगठनको कब्जा थियो। बुधबार एक समूहले इराकको सीमा नजिकै सीरियाको बागुज गाउँबाट सयौं महिला, पुरुष र बच्चालाई सुरक्षित बाहिर निकालेको थियो।
अमेरिका समर्थित सीरियन डेमेक्रेटिक फोर्सेज (एसडीएफ) सूमहले इस्लामिक स्टेटका लडाकु विरुद्ध अपरेशन गर्ने घोषणा गर्नु अगाडि गाउँबाट सबै मानिसहरु बाहिर निस्किने पर्खाइमा थिए।
एसडीएफलेका अनुसार गाउँबाट बाहिर निस्किएकामध्ये कोही आतंकवादी भए नभएको विषयमा कुनै पुष्टि भएको छैन। एसडीएफका प्रवक्ता मुस्तफा बालीका अनुसार गाउँबाट बाहिर निकालिएका मानिसलाई ‘स्क्रीनिङ प्वाइन्ट’ मा लगिएको छ।
यद्यपी मिडिया रिपोर्टका अनुसार एसडीएफ आईएस लडाकुको गढलाई आफ्नो निन्त्रणमा लिन कति नजिक छ भन्ने विषयमा भने विवाद छ। अमेरिका समर्थित एसडीएफ सीरियामा इस्लामिक स्टेटसँग प्रतिश्पर्धा गरिरहेको छ। एसडीएफका अनुसार आईएसको सबैभन्दा खतरनाक लडाकु बागुज गाउँमा छन्।
एसडीएफका अनुसार बागुज गाउँका सबै मानिसलाई सुरक्षित रुपमा बाहिर निकालिसकिएको छ। एसडीएफका अनुसार सबै गाउँका मानिसलाई सुरक्षित रुपमा बाहिर निकालिएको पुष्टि भएपछि आईएस लडाकुको मुख्यालयमा आक्रमण गरिनेछ।
एसडीएफका प्रवक्ता मुस्तफा बालीले समाचार एजेन्सी रोयटर्ससँग भने, ‘हाम्रो सेनासँग सुरुदेखि नै दुई विकल्प थिए। पहिलो आईएस लडाकुसँग बिना शर्त आत्मशमपर्ण गर्नु वा उनलाई पराजित नगरेसम्म युद्ध जारी राख्नु।’
रोयटर्सका अनुसार बुधबार २ हजार मानिसलाई गाउँबाट बाहिर निकालिएको छ। एक दिन अगाडि मानिसहरुलाई बाहिर निकाल्न ५० ट्रक गाउँ नजिकै इराकी सीमामा पुगेका थिए।
संयुक्त राष्ट्रसंघले गाउँमा अलपत्र परेका २ सय परिवारप्रति चिन्ता जनाएको थियो। त्यसपछि गाउँ खाली गराउन गाडी पठाइएको थियो।
संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख मिशेल ब्याचेलेटका अनुसार यी परिवारलाई आईएसद्वारा गाउँ खाली गराउन रोक्न सक्ने र अमेरिका सर्मित सेनाकातर्फबाट लगातार हुने बमबारीको शिकार भइरहेको बताएका थिए।
यद्यपी अहिलेसम्म गाउँमा कति मानिस अलपत्र परेका छन् भन्ने विषयमा कुनै जानकारी छैन। यद्यपी यो हप्तामा करिव २० हजार मानिस यो क्षेत्रबाट ज्यान बचाएर भागेका थिए। ज्यान बचाएर भागेका २० हजार मानिसमा आईएस लडाकुका पत्नी, बालबालिका र अन्य केही विदेशी नागरिकसमेत छन्। जसमा बेलायतकी नागरिक शमीमा बेगम पनि छन्। शमीमा १५ वर्षको उमेरमा आईएसमा भर्ना हुन घरबाट भागेकी थिइन्।
शमीमाले केही समय अगाडि एक बच्चालाई जन्म दिएकी थिइन्। बेलायत सरकारले उनको नागरिकता रद्द गरिदिएको थियो जसलाई शमीमाले अन्यायपूर्ण भएको बताएकी थिइन्।
पाँच  वर्ष पहिलासम्म इस्लामिक स्टेटले पश्चिमी सीरियादेखि लिएर पूर्वी इराकसम्म ८८ हजार वर्ग किलोमिटरसम्म कब्जा गरेको थियो। अहिले इस्लामिक स्टेटेको पकड जम्मा ३ सय लडाकु र ०.५ वर्ग किलोमिटरमा समेटिएको छ।
बागुज गाउँबाट मानिसलाई निकाल्नु र सेना अन्तिम लडाइँकालागि तयार हुनु आफैंमा महत्वपूर्ण हो। तर विशेषज्ञहरुका अनुसार इस्लामिक स्टेट समूहको अन्त्य भएको मान्नु गल्त िहुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?