होटल क्षेत्रमा वैदेशिक लगानी वृद्धि

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २२, २०७६
|
|
४४ पटक हेरिएको
Shares
होटल क्षेत्रमा वैदेशिक लगानी वृद्धि

सारांश

  • काठमाडौं।
  • नेपाल भ्रमण वर्ष २०२० अभियान प्रारम्भ हुनै लाग्दा मुलुकको होटल क्षेत्रमा वैदेशिक लगानी उल्लेख्य मात्रामा वृद्धि भएको पाइएको छ।
  • चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ३९ वटा पर्यटन उद्योग (होटल तथा रेष्टुराँ) मार्फत रु पाँच अर्ब ७७ करोड वैदेशिक लगानी भित्रिएको उद्योग विभागले जनाएको छ।

काठमाडौं। नेपाल भ्रमण वर्ष २०२० अभियान प्रारम्भ हुनै लाग्दा मुलुकको होटल क्षेत्रमा वैदेशिक लगानी उल्लेख्य मात्रामा वृद्धि भएको पाइएको छ।

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ३९ वटा पर्यटन उद्योग (होटल तथा रेष्टुराँ) मार्फत रु पाँच अर्ब ७७ करोड वैदेशिक लगानी भित्रिएको उद्योग विभागले जनाएको छ। विभागका अनुसार चालू आवको पहिलो तीन महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा शत्प्रतिशत लगानी वृद्धि भएको छ।

विदेशी लगानीतर्फ चालू आवको तीन महिनामा ७७ उद्योगले स्वीकृति पाएका छन्। यसमा सबैभन्दा बढी ३९ वटा पर्यटन उद्योगसँग सम्बन्धित छन्। सेवातर्फ २५, उत्पादनका सात, सूचना प्रविधिसम्बन्धी छ र कृषि, वन पैदावारका एक उद्योग रहेका छन्। उपयुक्त परियोजनाका लागि रु ११ अर्ब ३६ करोडको प्रतिबद्धता आएको विभागले जनाएको छ। यसबाट चार हजार २९२ रोजगारी सिर्जना हुने प्रक्षेपण गरिएको छ। गत वर्षको सोही अवधिमा रु चार अर्ब ८३ करोड ५२ लाख विदेशी लगानी प्रतिबद्धता आएको थियो।

विभागका निर्देशक एवं प्रवक्ता विनोद खड्काले चालू आवको पहिलो तीन महिनामा उत्साहवद्र्धक रुपमा विदेशी लगानी प्रतिबद्धता आएको बताए। अघिल्लो आवको सोही अवधिको तुलनामा अहिले शत्प्रतिशत लगानी बढेको उनले उल्लेख गरे।

निर्देशक खड्काका अनुसार चालू आवको तीन महिना (साउन १ देखि असोज मसान्तसम्म) विभागमा मा ८२ उद्योग दर्ता भएका छन्। तीमध्ये सबैभन्दा बढी ३० वटा पर्यटन उद्योग (होटल तथा रेष्टुराँ) छन्। उत्पादनतर्फ २०, ऊर्जाका १५, सेवामूलक १२ र कृषि, वन पैदावारमा आधारित जम्मा तीन उद्योग दर्ता भएका छन्। ती उद्योगबाट आर्थिक प्रतिबद्धताअनुरुप रु ४८ अर्ब ९१ करोड ३६ लाख लगानी हुन आउँछ। यसबाट पाँच हजार ६१ रोजगारी सिर्जना गर्ने लक्ष्य छ।

विभागको आँकडाअनुसार अघिल्लो आव २०७५÷७६ मा कूल २३ अर्ब ६९ करोड विदेशी लगानी प्रतिबद्धता आएको थियो।

चिनियाँ लगानीको आकर्षण

उद्योग विभागको आँकडाअनुसार नेपालमा होटल तथा रेष्टुराँ क्षेत्रमा चिनियाँ लगानीकर्ताको आकर्षण बढेको देखिएको छ। चालू आवको पहिलो तीन महिना विभागमा दर्ता भएका ३९ वटा होटल तथा रेष्टुराँमध्ये ३६ वटा होटल तथा रेष्टुराँमा चिनियाँ लगानी प्रतिबद्धता आएको छ। आर्थिक रुपमा करीब रु सात अर्ब चिनियाँ व्यवसायीले लगानी गर्नेछन्। यस्तै भारतका दुई र एक जापानिज लगानीकर्ताले होटल तथा रेष्टुरेन्टमा लगानी गर्ने प्रतिबद्धता जनाएका छन्।

विभागको विवरणमा चिनियाँ लगानीका दुई तारे होटल तथा रेष्टुराँ काठमाडौँ र पोखरामा सञ्चालन गर्ने इच्छा जनाएका छन्। भ्रमण वर्षलाई सार्थक तुल्याउन महत्वपूर्ण पर्यटकीय पूर्वाधारको रुपमा रहेको होटल क्षेत्रको विशेष योगदान रहन्छ। समग्रतामा नेपालको पर्यटन क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण देखिएको विभागका निर्देशक खड्काले बताए। उनले मुलुकमा लगानीको वातावरण सिर्जना भएको र नीतिगत सुधारका कारण पनि लगानी बढेको उल्लेख गरे।

होटल एसोसिएशन अफ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले नेपाललाई पर्यटकीय गन्तव्यका रुपमा लिएर विदेशी लगानीकर्ता आकर्षण भएको र यसले देशको अर्थतन्त्रलाई गतिशील बनाउने विश्वास व्यक्त गरे। पर्यटन क्षेत्रमा आएको लगानी उत्साहवद्र्धक रहे पनि लगानीको प्रतिफलको सुनिश्चितताका लागि सरकारले आधारभूत पूर्वाधार विकासमा जोड दिनुपर्ने खाँचो औँल्याए।

हानसँग आबद्ध पर्यटकस्तरदेखि पाँचतारे होटलसम्म गरी दुई हजार हाराहारी होटल छन् । हानका १५ क्षेत्रीय च्याप्टर छन्। ती होटलमा झण्डै ४८ हजार श्यया रहेको व्यवसायीको दाबी छ। अहिलेकै अवस्थामा २० लाख पर्यटकलाई व्यवस्थापन गर्न सकिने व्यवसायीले जनाएका छन्। सरकारले भ्रमण वर्ष मनाएर २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। होटलपछि हवाई यातायात र सडक यातायात पनि महत्वपूर्ण हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब बसाइँ सरेका ठाउँबाट पनि नागरिकता
अब बसाइँ सरेका ठाउँबाट पनि नागरिकता
हलिउडको सुपरहिरो फिल्ममा सुपरहिरोको भूमिकामा देखिँदै प्रियंका
हलिउडको सुपरहिरो फिल्ममा सुपरहिरोको भूमिकामा देखिँदै प्रियंका
अब राजनीतिक संघर्षको युग सकियो : ओली
पीपीएल क्रिकेटः पहिलाे खेलमा सन्दिप र सरद भिड्ने (खेलतालिका सहित)
पीपीएल क्रिकेटः पहिलाे खेलमा सन्दिप र सरद भिड्ने (खेलतालिका सहित)
सत्ता समीकरणमा कुनै समस्या आएको छैनः उपप्रधानमन्त्री लामिछाने
सत्ता समीकरणमा कुनै समस्या आएको छैनः उपप्रधानमन्त्री लामिछाने
ओली, प्रचण्ड र नेपाल बीच वार्ता, यस्ता विषयमा भए समझदारी
ओली, प्रचण्ड र नेपाल बीच वार्ता, यस्ता विषयमा भए समझदारी
आज लोकसभामा पेश हुने नागरिकता संशोधन विधेयक पेश हुँदै, नेपाली भाषीलाई कस्ताे असर पर्छ?
आज लोकसभामा पेश हुने नागरिकता संशोधन विधेयक पेश हुँदै, नेपाली भाषीलाई कस्ताे असर पर्छ?
साउदीमा महिलामाथि दुर्व्यवहार गर्ने आप्रवासीमाथि कडा सजाय
साउदीमा महिलामाथि दुर्व्यवहार गर्ने आप्रवासीमाथि कडा सजाय
सेक्स सीन लिक भएपछि चर्चामा आएका अभिनेत्री
सेक्स सीन लिक भएपछि चर्चामा आएका अभिनेत्री
मुख्यसचिव रेग्मी प्रति कठोर बन्दै प्रम ओली, नेपाल फर्किए लगत्तै टुंगो लगाउने !
मुख्यसचिव रेग्मी प्रति कठोर बन्दै प्रम ओली, नेपाल फर्किए लगत्तै टुंगो लगाउने !