हुम्लामा हिमपात

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २४, २०८१
|
|
५६ पटक हेरिएको
Shares
हुम्लामा हिमपात

सारांश

  • हुम्ला।
  • हिमाली जिल्ला हुम्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ।
  • आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी सुरु भएपछि गए रातिदेखि हिमपात  सुरु भएको हो।
हुम्ला। हिमाली जिल्ला हुम्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ। आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी सुरु भएपछि गए रातिदेखि हिमपात  सुरु भएको हो।
आज बिहानसम्म सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकाको उच्च भेगमा रहेको लिमीलगायतका क्षेत्रमा एक फिट हिउँ जमेको लिमी स्वास्थ्यचौकीमा कार्यरत लोग बोहराले बताए। यस वर्ष ढिला गरी जिल्लामा हिमपात सुरु भएसँगै यहाँका किसान खुसी भएका छन्। हुम्लीवासीले हिमपातपछि मौसम ठीक हुने र खेती सप्रिने विश्वास समेत राखेका छन्। हिमपातले गहुँ, जौ र उवा खेतीलाई राम्रो हुने भन्दै जिल्लाका किसान खुसी भएका छन्।
हिमपातपछि सदरमुकाम सिमकोट र आसपासका डाँडाकाँडा सेताम्मे भएका छन् भने जनजीवन प्रभावित भएको छ। उत्तरी नाम्खाका चाला, लिमी, हिल्सा, यारीलगायतका क्षेत्रको जनजीवन प्रभावित भएको छ। हिमपातसँगै चिसो बढेको छ भने हुम्लाको तापक्रम यसअघि नै माइनसमा झरिसकेको छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Vytvorit úcet na binance

    Your article helped me a lot, is there any more related content? Thanks!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिलालाई आक्रमण गरेकोमा मन्त्रीद्वारा राजिनामा
महिलालाई आक्रमण गरेकोमा मन्त्रीद्वारा राजिनामा
शीर्ष नेताहरु छुट्टा-छुट्टै छलफलमा, प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता
शीर्ष नेताहरु छुट्टा-छुट्टै छलफलमा, प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता
बुलेटबाट एलपी ग्यास ल्याउनमा देखिएको समस्या कारण नाकाबन्दीमा भन्दा पनि बढी ग्यासको अभाव हुनसक्ने
बुलेटबाट एलपी ग्यास ल्याउनमा देखिएको समस्या कारण नाकाबन्दीमा भन्दा पनि बढी ग्यासको अभाव हुनसक्ने
अनुगमन नाम मात्रैको, महंगी थामिनसक्नु
जम्मू-कश्मीर विभाजनको औपचारिक कार्यान्वयन, लद्दाखलाई छुट्टै भूभागको मान्यता
जम्मू-कश्मीर विभाजनको औपचारिक कार्यान्वयन, लद्दाखलाई छुट्टै भूभागको मान्यता
एमालेको प्रस्ताव : प्रधामन्त्री, पार्टी अध्यक्ष र संसदीय दलको नेता केपी ओली
एमालेको प्रस्ताव : प्रधामन्त्री, पार्टी अध्यक्ष र संसदीय दलको नेता केपी ओली
प्रदेश २ का लागि प्रधानमन्त्रीले सुनाए कलेज, हुलाकी सडक, मल कारखानाको योजना
प्रदेश २ का लागि प्रधानमन्त्रीले सुनाए कलेज, हुलाकी सडक, मल कारखानाको योजना
म अंग प्रर्दशन गरेर नाम र दाम कमाउदिन: अमृता
म अंग प्रर्दशन गरेर नाम र दाम कमाउदिन: अमृता
कृषि शिक्षाप्रति आकर्षण बढ्दै
कृषि शिक्षाप्रति आकर्षण बढ्दै
नेपाली कामदार माग गर्दै जापानद्वारा नेपाल सरकारलार्इ पत्र
नेपाली कामदार माग गर्दै जापानद्वारा नेपाल सरकारलार्इ पत्र