प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ४, २०७६
|
|
३५ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री केपी ओली र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ।
  • नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन बुधबार मात्र नेपाल आएका विदेशमन्त्री जयशंकर प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए।

काठमाडौं। प्रधानमन्त्री केपी ओली र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ। नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन बुधबार मात्र नेपाल आएका विदेशमन्त्री जयशंकर प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए।भेटमा नेपालका लागि भारतका राजदूत मञ्जिवसिंह पुरी, प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहाकार डा। राजन भट्टराई, राजनीतिक सल्लाहाकार विष्णु रिमाललगायतको सहभागिता थियो।त्यसपछि आयोजना हुने संयुक्त आयोगको बैठकमा भारतीय प्रतिनिधिमण्डलको नेतृत्वका साथ मन्त्री जयशङ्करले सहअध्यक्षतासमेत गर्नेछन्।

तीन वर्षपछि हुन लागेको उक्त बैठकमा द्विपक्षीय सम्बन्धको समग्र अवस्थाको पुनरावलोकनका साथै जल, स्थल र हवाई मार्गबाट सम्पर्क सञ्जाल विस्तारका साथै पारस्परिक सम्बन्धमा विश्वास अभिवृद्धिका लागि हरप्रयास हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।बैठकमा विगतमा भएका सहमति र सम्झौताको समीक्षा, नेपाल–भारत बहुआयमिक सम्बन्धका समग्र पक्षमा गहन छलफल हुनका साथै राजनीतिक सम्बन्ध, सिमाना र सुरक्षा, आर्थिक सहयोग एवं पूर्वाधार, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति र शिक्षाबारे विचारविमर्श हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपराष्ट्रपतिमा रामसहाय यादव चुनिए
उपराष्ट्रपतिमा रामसहाय यादव चुनिए
मतदाता प्रभावित पार्न सडक सर्भे गरेको आरोप
मतदाता प्रभावित पार्न सडक सर्भे गरेको आरोप
अव्यवस्थित सवारी पार्किङले समस्या
अव्यवस्थित सवारी पार्किङले समस्या
गायिका समीक्षाले दिइन् साइबर क्राइमको उजुरी
गायिका समीक्षाले दिइन् साइबर क्राइमको उजुरी
मेस्सीलाई उछिन्दै रोनाल्डो बने युरोपियन वर्ष खेलाडी
मेस्सीलाई उछिन्दै रोनाल्डो बने युरोपियन वर्ष खेलाडी
मुलपानीमा गोली चल्यो, लुटेरा समुहका नाइके ‘खुँडे’ पक्राउ
मुलपानीमा गोली चल्यो, लुटेरा समुहका नाइके ‘खुँडे’ पक्राउ
कोरोनाले एकै दिन २१४६ जनाको मृत्यु : इटलीमा ८१२ र स्पेनमा ५३७
कोरोनाले एकै दिन २१४६ जनाको मृत्यु : इटलीमा ८१२ र स्पेनमा ५३७
निर्वाचन आयोगद्वारा ओली नेतृत्वको एमाले र प्रचण्ड नेतृत्वको माओवादी केन्द्र पुरानै अवस्थामा दर्ताको निर्णय
निर्वाचन आयोगद्वारा ओली नेतृत्वको एमाले र प्रचण्ड नेतृत्वको माओवादी केन्द्र पुरानै अवस्थामा दर्ताको निर्णय
प्रदेश नं ७ लाई मानव बेचबिखन मुक्त बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता
प्रदेश नं ७ लाई मानव बेचबिखन मुक्त बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता
टिफा बैठक : अमेरिका र नेपालबीच व्यापार तथा लगानी प्रवर्द्धनमा जोड
टिफा बैठक : अमेरिका र नेपालबीच व्यापार तथा लगानी प्रवर्द्धनमा जोड

तपाईंले छुटाउनुभयो कि?