जापानमा चम्कदै धादिङका केशब अधिकारी

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र ९, २०८०
|
|
५३ पटक हेरिएको
Shares
जापानमा चम्कदै धादिङका केशब अधिकारी

सारांश

  • धादिङ घर भएका केशब अधिकारी झन्डै २ दशक पहिले जापान छिरेका हुन ।
  • उनी नेपालमा टुरिष्ट गाईड र ट्राभल एजेन्सिका संचालक थिए ।
  • सानै उमेरदेखि बिदेशीहरुको संगतमा थिए उनी जतिबेला नेपालमा पर्यटकहरुको बाक्लो भिड हुने गर्थ्यो ।

धादिङ घर भएका केशब अधिकारी झन्डै २ दशक पहिले जापान छिरेका हुन । उनी नेपालमा टुरिष्ट गाईड र ट्राभल एजेन्सिका संचालक थिए । सानै उमेरदेखि बिदेशीहरुको संगतमा थिए उनी जतिबेला नेपालमा पर्यटकहरुको बाक्लो भिड हुने गर्थ्यो ।

१८–१९ बर्षको उमेरमा उनी जापानिज भाषा बुझ्ने भैसकेका थिए । सानैदेखि साहसि र मेहनति उनलाई माओवादि द्वन्दले जापानको यात्रा तय गरायो । जतिबेला धेरै ब्यवसायिहरु देश छोडेर हिड्ने परिस्थिति बनेको थियो । देशमा चन्दा आतंक र द्वन्दले ग्रस्त भइरहँदा उनी जापान हानिए ।

जापान पुगेपछि उनले झन्डै १ दशक देश नफर्कि दुख गरे । कहिले बेन्तो, कहिले बेड मेकिंग, कहिले गेम्बा त कहिले रेष्टुरेन्ट कुनै चाडपर्ब नभनि परिवारलाई समेत १० वर्ष नेभेटी काम गरेका उनले केहि समय पछि जापानको हाचिओजि शहरमा पहिलोपटक जापानिज रेष्टुरेन्ट संचालन गरेर आफ्नो ब्यवसायिक यात्रा सुरु गरे । ब्यवसाय बिस्तारै फस्टाउदै गयो सुरुमा पार्टनरसिपबाट गरेको ब्यवसाय पछि एक्ला एक्लै गर्ने सहमति अनुसार उनी अघि बढे ।

१ वाट ३ वटा जापानिज रेष्टुरेन्ट हुँदै उनले नेपालि समुदाय र नेपालीहरुसंग जोडिने हिसाबले बिबाह पार्टि, जन्मदिन पार्टि, सभा समारोह, बिभिन्न सांस्कृतिक कार्यक्रम गर्न मिल्ने खालको फराकिलो ठाँउ लिएर टोकियोको कामतास्थित चौतारो रेष्टुरेन्ट सचालनमा ल्याए ।

त्यसपछि उनी नेपालि समुदायमा पहिलेभन्दा धेरै घुलमिल र समय बिताउन थाले । अहिले उनको ३ वटा जापानिज र एउटा नेपाली रेष्टुरेन्ट संचालनमा छन् भने ट्राभल एजेन्सि र रियल स्टेटका साथै फुदोसानको काम पनि गर्ने तयारीमा छन् ।

उनले झन्डै २० जना जापानी र ४० जना नेपाली गरि ६० भन्दा बढिलाई प्रत्यक्ष रोजगारी दिइरहेका छन् । यता नेपालमा धादिङमै १० रोपनी जग्गामा माछा, बंगुर, रांगा, कुखुरा र खरायो पालनकेन्द्र खोलेर ३ जनालाई रोजगारी दिइरहेका छन् ।

उनलाई नेपालमै कृषिमा केही गरेर विदेशी आयात रोक्नुपर्छ भन्ने लाग्छ । त्यसैको आफैले पनि धादिङ कृषि फार्म खोलेको उनको भनाइ छ ।

उनी मनका पनि निकै धनी छन् । विगतमा बिश्वभरि फैलिएको कोरोना महामारीका वेला मलेशियामा रहेका नेपालीहरुको एउटा भिडियो हेरेपछि उनको मनले मानेन र ति नेपालीका उद्दारका लागि जापानको एनआरएनएमार्फत नगद रु ७ लाख सहयोग गरे र सबैलाई सहयोग गर्न अपिल पनि गरे । हालै चितवनमा रहेको चेपाङ बस्तिका लागि १ लाख जापानी यन पनि उनले सहयोग गरे ।

उनी अहिले रास्वपा पार्टीमा पनि आवद्ध छन् । नयाँ जोश र केही गरौ भन्ने उर्जा बोकेकाहरुलाई साथ दिन रास्वपामा आवद्ध भएको उनको भनाइ छ । विदेशी भूमिमा नेपालीहरु ब्यवसायिक रुपमा सफल हुनु र सयाँै जनालाई रोजगारि दिनु देश र सिंगो नेपालीहरुका लागि गर्बको कुरा हो उनको यो संघर्ष र सफलता सबै नेपालिका लागि प्रेरणा बनोस् ।

(https://rentalsfloridakeys.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्राधिकरणको रु १५ करोड क्षति, मङ्गलबारसम्म विद्युत् सञ्चालन गरिने
प्राधिकरणको रु १५ करोड क्षति, मङ्गलबारसम्म विद्युत् सञ्चालन गरिने
मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ: सरकार परिवर्तनको कुनै सम्भावना छैन
मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ: सरकार परिवर्तनको कुनै सम्भावना छैन
कमेडी किरो राष्ट्रको हिरो’ लोगो तथा प्रोमो सार्वजनिक
कमेडी किरो राष्ट्रको हिरो’ लोगो तथा प्रोमो सार्वजनिक
वीरगञ्जको मेयरमा एमालेका उम्मेदवार बसुरुद्धिन र उपमेयर सोफियाको नाम सिफरिस
वीरगञ्जको मेयरमा एमालेका उम्मेदवार बसुरुद्धिन र उपमेयर सोफियाको नाम सिफरिस
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
यस्तो आयो माधव नेपालको नयाँ सुत्र  : काम गर्ला त ?
यस्तो आयो माधव नेपालको नयाँ सुत्र : काम गर्ला त ?
अमेरिका जाने विद्यार्थी २० % ले बढे
अमेरिका जाने विद्यार्थी २० % ले बढे
आज देखि मौन अवधि सुरु: आजबाट के गर्न पाइन्छ, के गर्न पाइँदैन?
आज देखि मौन अवधि सुरु: आजबाट के गर्न पाइन्छ, के गर्न पाइँदैन?
माल्दिभ्समा १३ जनामा कोरोना संक्रमण, १३ अर्ब डलरको आपतकालीन कोष स्थापना
माल्दिभ्समा १३ जनामा कोरोना संक्रमण, १३ अर्ब डलरको आपतकालीन कोष स्थापना
वामपन्थी शक्तिहरु मिल्नुको विकल्प छैन: अध्यक्ष नेपाल
वामपन्थी शक्तिहरु मिल्नुको विकल्प छैन: अध्यक्ष नेपाल