चीरपरिचित शत्रु हमास र इजरेल बीच युद्धविराम

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १२, २०७५
|
|
२७ पटक हेरिएको
Shares
चीरपरिचित शत्रु हमास र इजरेल बीच युद्धविराम

सारांश

  • इजरायलले गाजा क्षेत्रमा हवाई आक्रमण गरेलगत्तै हमास समूहले इजरायल समक्ष युद्धबिराम भएको जनाएको छ ।
  • इजिप्टको मध्यस्थतामा भएको भनिएको यस युद्धबिरामका बारेमा इजरायल सरकारका तर्फबाट कुनै प्रतिक्रिया दिइएको छैन ।
  • युद्धबिराम हुनुअघि हमासका तर्फबाट तेल अभिभ नजिक लामो दूरीको क्षेप्यास्त्र प्रहार गरिएपछि इजरायलले प्रतिक्रिया स्वरुप गाजामा हवाई आक्रमण गरेको थियो ।

इजरायलले गाजा क्षेत्रमा हवाई आक्रमण गरेलगत्तै हमास समूहले इजरायल समक्ष युद्धबिराम भएको जनाएको छ ।

इजिप्टको मध्यस्थतामा भएको भनिएको यस युद्धबिरामका बारेमा इजरायल सरकारका तर्फबाट कुनै प्रतिक्रिया दिइएको छैन ।

युद्धबिराम हुनुअघि हमासका तर्फबाट तेल अभिभ नजिक लामो दूरीको क्षेप्यास्त्र प्रहार गरिएपछि इजरायलले प्रतिक्रिया स्वरुप गाजामा हवाई आक्रमण गरेको थियो ।

गाजा क्षेत्रको प्रशासन सम्हालीरहेको इस्लामिक क्रान्तिकारी संगठन हमासले इजिप्टको मध्यस्थतामा युद्धबिराम भएको दाबी गरेको छ । इजरायलमा आगामी दुई सातापछि अर्थात अप्रिल ९ तारिखमा संसदको निर्वाचन हुँदैछ ।

इजरायली हवाई आक्रमण भएकै समयमा इजयरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई वासिङ्टनमा भेट गर्नुभएको थियो । प्रधानमन्त्री नेतान्याहूले समेत युद्धबिरामका बारेमा कुनै प्रतिक्रिया दिनुभएन ।

हमासका प्रवक्ता फउजी बरहुमले इजरायलसँग युद्धबिराम गर्न इजिप्टको प्रयत्न सफल भएको बताउनुभयो । तर यो सम्झौता पछि पनि दुबै पक्षबाट गोलाबारी भएका थिए । मध्यरातबाट भने दुबै पक्षबाट गोलाबारी रोकिएका थिए ।

सोमबार राति गाजा क्षेत्रबाट इजरायलतर्फ रकेट आक्रमण गरिएका थिए । यो आक्रमणबाट तेल अभिभमा सात जना घाइते भएका थिए ।

इजरायली सेनाले रकेट आक्रमणको प्रतिक्रिया स्वरुप हवाई हमला गरेको थियो । उक्त आक्रमणबाट हमासका एक नेताको कार्यालय सहित अन्य भवनहरुमा क्षति पुगेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Ranbir Kapoor starrer ‘Sanju’ latest track ‘Ruby Ruby’ will make you groove!
Ranbir Kapoor starrer ‘Sanju’ latest track ‘Ruby Ruby’ will make you groove!
चुनावमा भिड्दा पनि आन्तरिक व्यवस्थापन गर्न हम्मेहम्मे पर्यो सिन्धुपाल्चोकमा
चुनावमा भिड्दा पनि आन्तरिक व्यवस्थापन गर्न हम्मेहम्मे पर्यो सिन्धुपाल्चोकमा
सम्झौता, कसका कारण बाँधिए बाँध ? यस्तो छ इतिहास,
सम्झौता, कसका कारण बाँधिए बाँध ? यस्तो छ इतिहास,
७:४० साँझ को पछिलो अप्डेट बुटवल उपमहानगरपालिका
७:४० साँझ को पछिलो अप्डेट बुटवल उपमहानगरपालिका
विदेशी लगानीकर्तालाई नेपालमा लाभैलाभ,१८ अर्ब भित्रियो, १५ अर्ब बाहिरियो
विदेशी लगानीकर्तालाई नेपालमा लाभैलाभ,१८ अर्ब भित्रियो, १५ अर्ब बाहिरियो
चिफ अफ स्टाफ परिवर्तन गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको तयारी
चिफ अफ स्टाफ परिवर्तन गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको तयारी
आगामी चैतदेखि २० बर्षे पुरना निजी तथा सार्वजानिक सवारी हटाइदै…
आगामी चैतदेखि २० बर्षे पुरना निजी तथा सार्वजानिक सवारी हटाइदै…
डेङ्गुका कारण आपतकाल घोषणा गर्नुपर्दैन : उपप्रधानमन्त्री यादव
प्रदेश ५ ले बनायो निर्विरोध ६ वटा समिति
प्रदेश ५ ले बनायो निर्विरोध ६ वटा समिति
यातायात समितिलाई पाँच दिनभित्र कम्पनी दर्ता गरिसक्न आग्रह
यातायात समितिलाई पाँच दिनभित्र कम्पनी दर्ता गरिसक्न आग्रह

तपाईंले छुटाउनुभयो कि?