प्रदेश ५ ले बनायो निर्विरोध ६ वटा समिति
सारांश
- बुटवल ।
- प्रदेश नम्बर ५ को सभामा ६ वटा संसदीय समिति बनेका छन्, समितिका सभापति निर्विरोध चयन भएका छन् ।
- मंगलबार र बुधबार भएका मनोनयनमा सबै समितिमा सभापति पदका लागि एक-एक जनाको मात्रै उम्मेदवारी परेपछि सबै निर्विरोध चयन भएका हुन् ।
बुटवल । प्रदेश नम्बर ५ को सभामा ६ वटा संसदीय समिति बनेका छन्, समितिका सभापति निर्विरोध चयन भएका छन् ।
मंगलबार र बुधबार भएका मनोनयनमा सबै समितिमा सभापति पदका लागि एक-एक जनाको मात्रै उम्मेदवारी परेपछि सबै निर्विरोध चयन भएका हुन् । छवटा समिति बनेका मध्ये काँग्रेस र संघीय समाजवादी फोरमले एक-एक र नेकपाले चार समितिको सभापति लिएका छन् ।
सार्वजनिक लेखा समितिमा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका डिल्लीबहादुर चौधरी, अर्थ उद्योग तथा पर्यटन समितिमा नेकपाका दधिराम न्यौपाने र भौतिक पूर्वाधार तथा विकास समितिमा नेकपाकै आशा स्वर्णकार बुधबार निर्विरोध चयन भएका हुन् ।
मनोनयन दर्तामा एकएक जनाको मात्रै मनोनयन दर्ता भएपछि प्रदेश मामिला तथा कानून समितिमा नेकपाकै दामाकुमारी शर्मा, सामाजिक विकास समितिमा दीर्घनारायण पाण्डे र कृषि वन तथा वातावरण समितिमा संघीय समाजवादी फोरमका विजयबहादुर यादव निर्विरोध चयन भएका हुन् ।
प्रतिक्रिया