मेट्रोमा युवतीको पछाडि गुप्तांग निकालेर युवक उभिएपछि…

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक २४, २०७५
|
|
३९ पटक हेरिएको
Shares
मेट्रोमा युवतीको पछाडि गुप्तांग निकालेर युवक उभिएपछि…

सारांश

  • सार्वजनिक सवारीमा यौनजन्य हिंसाको निकै आश्चर्यजनक घटना सार्वजनिक भएको छ ।
  • यही सोमबार भारतको बैंगलोरको मेट्रोमा एक युवकले यस्तो हर्कत गरेको भारतीय मिडियाले जनाएका छन् ।
  • यहाँ मेट्रोमा यात्रा गरिरहेका एक युवकले उभिने क्रममा आफ्नो गुप्तांग बाहिर निकाले त्यसपछि एक युवतीसँग टाँसिएर अश्लील तरिकाले प्रस्तुत भए ।

सार्वजनिक सवारीमा यौनजन्य हिंसाको निकै आश्चर्यजनक घटना सार्वजनिक भएको छ । यही सोमबार भारतको बैंगलोरको मेट्रोमा एक युवकले यस्तो हर्कत गरेको भारतीय मिडियाले जनाएका छन् । यहाँ मेट्रोमा यात्रा गरिरहेका एक युवकले उभिने क्रममा आफ्नो गुप्तांग बाहिर निकाले त्यसपछि एक युवतीसँग टाँसिएर अश्लील तरिकाले प्रस्तुत भए । युवतीले पछाडि छाम्दा तर्सिएर एक्कासी चिच्याइन् ।

युवतीको कुरा सुनेपछि त्यहाँ भएका यात्रुले ती युवकलाई निर्घात कुटपिट गरेका छन् । त्यसपछि यात्रीले युवकलाई प्रहरीको जिम्मा लगाइदिएको समाचारमा जनाइएको छ । २७ वर्षका यी युवक एक निजी कम्पनीमा काम गर्छन् । युवक उत्तर कन्नाड जिल्लाको सिरसीका प्रविण बी हेगडे भएको बताइएको छ ।

युवतीले उजुरीमा बताएअनुसार युवक मेट्रोमा उनको पछाडि उभिएका थिए र उनीसँग लगातार टाँसिइरहेका थिए । उनले युवकको यस्तो हर्कतको विरोध गर्दै टाढा रहन भनिन् । यत्तिकैमा युवतीलाई केही चिसो महसुस भयो । उनले पछाडि छाम्दा युवकको गुप्तांग उनको हातमा आयो । त्यसपछि उनी आत्तिएर चिच्याउन थालिन् । युवकमाथि अश्लील कृत्य, यौन प्रताडना र बलात्कारको प्रयासको मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?