आगलागीमा २० लाखभन्दा बढीको क्षति

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १४, २०७५
|
|
३८ पटक हेरिएको
Shares
आगलागीमा २० लाखभन्दा बढीको क्षति

सारांश

  • इनरुवा, १४ चैत  सुनसरीको हरिनगर गाउँपालिका–४ मा गए राति भएको आगलागीमा रु २० लाखभन्दा बढीको क्षति भएको छ ।
  • स्थानीय विजय जैनको घरमा विद्युत चुहिएर भएको आगलागीमा रु २० लाखभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
  • आगलागीमा परी मुख्य बजारमा रहेको जैनको दुईतले किराना र लुगा पसल, घर र घरभित्र रहेको विभिन्न सामग्री जलेर पूर्ण रुपमा नष्ट हुँदा सो बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फँुयालले जानकारी दिनुभयो ।

इनरुवा, १४ चैत  सुनसरीको हरिनगर गाउँपालिका–४ मा गए राति भएको आगलागीमा रु २० लाखभन्दा बढीको क्षति भएको छ ।

स्थानीय विजय जैनको घरमा विद्युत चुहिएर भएको आगलागीमा रु २० लाखभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

आगलागीमा परी मुख्य बजारमा रहेको जैनको दुईतले किराना र लुगा पसल, घर र घरभित्र रहेको विभिन्न सामग्री जलेर पूर्ण रुपमा नष्ट हुँदा सो बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फँुयालले जानकारी दिनुभयो ।

दमकल ढिलो पुगेका कारण आगलागीमा बढी क्षति भएको हरिनगर गाउँपालिकाकी उपाध्यक्ष रिमझिमकुमारी भगतले बताउनुभयो । हरिनगर गाउँपालिकामा दमकल नभएको र इनरुवाबाट दमकल आउन ढिलो भएका कारण समयमा आगो नियन्त्रणमा लिन नसक्दा बढी क्षति भएको हरिनगर गाउँपालिकाकी उपाध्यक्ष भगतले बताउनुभयो । घरमा आगलागी भएपछि जैन परिवार चिन्तित भएका छन् ।

कमाइ गरेर खाने एक मात्र साधनको रुपमा रहेको पसल पनि आगलागीमा परेर खरानी भएपछि पीडित परिवार चिन्तित छन् । स्थानीयवासी, प्रहरी, इनरुवा दुहबी नगरपालिका र इटहरी उपमहानगरपालिकाबाट आएको बरुण यन्त्रले आगो नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले जवानीमै बूढो बनाइदेला भन्ने डर पो भो त गाँठे !
सरकारले जवानीमै बूढो बनाइदेला भन्ने डर पो भो त गाँठे !
शून्य समयमा पूर्वाधार निर्माणदेखि किसानका समस्या समाधानको ध्यानाकर्षण
शून्य समयमा पूर्वाधार निर्माणदेखि किसानका समस्या समाधानको ध्यानाकर्षण
चुनावी गोल गर्न सफल प्रधानमन्त्री देउवालाई बधाई, ओली र प्रचण्ड पनि सफलताका हिस्सेदार
चुनावी गोल गर्न सफल प्रधानमन्त्री देउवालाई बधाई, ओली र प्रचण्ड पनि सफलताका हिस्सेदार
मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारी: कुन दलबाट को बन्दै छ मन्त्री ?
मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारी: कुन दलबाट को बन्दै छ मन्त्री ?
शाखा प्रबन्धक नहुँदा सेवाग्राही मर्कामा
शाखा प्रबन्धक नहुँदा सेवाग्राही मर्कामा
जनताले हिउमा लुगलुग काम्दै मतदान गरे , यसको गुण कसरी तिर्छ नेताले, कान्तिपुर
जनताले हिउमा लुगलुग काम्दै मतदान गरे , यसको गुण कसरी तिर्छ नेताले, कान्तिपुर
गैरकानूनी रुपमा सवारी कर उठाएको भन्दै रोक्न निर्देशन
गैरकानूनी रुपमा सवारी कर उठाएको भन्दै रोक्न निर्देशन
महाकालीमा बेपत्ता किशोर भेटिएनन्
महाकालीमा बेपत्ता किशोर भेटिएनन्
उपराष्ट्रपतिको मतदानमा को–को भए अनुपस्थित ?
निर्वाचनमा खटिने कर्मचारीको तीन लाखको बीमा
निर्वाचनमा खटिने कर्मचारीको तीन लाखको बीमा

तपाईंले छुटाउनुभयो कि?