निर्वाचनमा खटिने कर्मचारीको तीन लाखको बीमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २८, २०७४
|
|
४० पटक हेरिएको
Shares
निर्वाचनमा खटिने कर्मचारीको तीन लाखको बीमा

सारांश

  • काठमाडौँ, २८ कात्तिक : निर्वाचनमा खटिने कर्मचारीको सुरक्षाका लागि जनही रु तीन लाखको बीमासहित अन्य उपचारको व्यवस्था गरिएको छ ।
  • निर्वाचन आयोगका अनुसार बीमा अवधिभर कर्तव्यपालनाको सिलसिलामा घाइते भएमा उपचार गर्दा लागेको बिल बमोजिमको रकम र मृत्यु भएमा प्रतिव्यक्ति रु २० लाख पाउने व्यवस्था छ ।
  • प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४ मा आयोग पदाधिकारी तथा आयोग र सो अन्तर्गत कार्यरत कर्मचारी एंव मुख्य÷निर्वाचन अधिकृतको कार्यलय र मतदान केन्द्रमा खटिने कर्मचारीले उक्त सुविधा पाउनेछन् ।

काठमाडौँ, २८ कात्तिक : निर्वाचनमा खटिने कर्मचारीको सुरक्षाका लागि जनही रु तीन लाखको बीमासहित अन्य उपचारको व्यवस्था गरिएको छ ।

निर्वाचन आयोगका अनुसार बीमा अवधिभर कर्तव्यपालनाको सिलसिलामा घाइते भएमा उपचार गर्दा लागेको बिल बमोजिमको रकम र मृत्यु भएमा प्रतिव्यक्ति रु २० लाख पाउने व्यवस्था छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४ मा आयोग पदाधिकारी तथा आयोग र सो अन्तर्गत कार्यरत कर्मचारी एंव मुख्य÷निर्वाचन अधिकृतको कार्यलय र मतदान केन्द्रमा खटिने कर्मचारीले उक्त सुविधा पाउनेछन् ।

निर्वाचन स्वयंसेवक, निर्वाचन शिक्षामा खटिने कार्यकर्ता÷मतदाता शिक्षा स्वयंसेवक, मतदाता शिक्षा सुपरीवेक्षक, जिल्ला तालिम समन्वयकर्ता र निर्वाचन अनुगमनकर्ताले समेत उक्त सुविधा पाउने व्यवस्था गरिएको छ ।

त्यसैगरी निर्वाचनको घुम्ती टोलीमा खटिने कर्मचारी, मतगणनामा खटिने कर्मचारी, मतदान केन्द्र पुनरावलोकनमा खटिने कर्मचारी, निर्वाचन सामग्री व्यवस्थापनमा खटिने कर्मचारी र निर्वाचन विज्ञले पनि सो सुविधा पाउनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?