अब जतासुकै नाराजुलुस गर्न नपाइने, सरकारले तोक्यो यी ठाउँ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १५, २०७५
|
|
२३ पटक हेरिएको
Shares
अब जतासुकै नाराजुलुस गर्न नपाइने, सरकारले तोक्यो यी ठाउँ

सारांश

  • काठमाडौँ, १५ असार – अब कुनै राजनीतिक दल, संघ संस्था कसैले पनि जतासुकै मनलाग्दो ठाउँमा विरोध गर्न नपाउने भएका छन् ।
  • अब साउन १ गतेदेखि जिल्ला प्रशासन कार्यालयले तोकिदिएको स्थानमा मात्र विरोध प्रदर्शन गर्नुपर्ने भएको छ ।
  • गृह मन्त्रालयले ल्याएको गृह प्रशासन सुधार योजनानुसार जिल्ला प्रशासन कार्यालयले तोकेको स्थानमा मात्र नारा, जुलुस गरी विरोध गर्न पाइने भएको हो ।

काठमाडौँ, १५ असार – अब कुनै राजनीतिक दल, संघ संस्था कसैले पनि जतासुकै मनलाग्दो ठाउँमा विरोध गर्न नपाउने भएका छन् । अब साउन १ गतेदेखि जिल्ला प्रशासन कार्यालयले तोकिदिएको स्थानमा मात्र विरोध प्रदर्शन गर्नुपर्ने भएको छ ।

गृह मन्त्रालयले ल्याएको गृह प्रशासन सुधार योजनानुसार जिल्ला प्रशासन कार्यालयले तोकेको स्थानमा मात्र नारा, जुलुस गरी विरोध गर्न पाइने भएको हो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले विरोधका लागि तोकिएको स्थानबारे जानकारी दिए । खुलामञ्च, तीनकुने खुला चौर, भगवानपाउ, पेप्सीकोला खेलमैदान, सानो गौचरण फुटबल मैदान, लैनचौर र सिफलचौरमा मात्र विरोध प्रदर्शन गर्न पाइने बताए । गृह प्रशासन सुधार कार्ययोजनानुसार उक्त स्थानलाई विरोध प्रदर्शनस्थलका रुपमा छुट्याइएको बताइएको छ ।

ललितपुरमा च्यासल खेलमैदान, गोदावरी बसपार्क अगाडि, बज्रबाराही, भैँसेपाटी, लुभु, लामाटार र धोबीघाट चौर तथा भक्तपुरमा सल्लाघारीमा विरोध प्रदर्शनस्थल तोकिएको छ ।

गृहमन्त्री रामबहादुर थापाले देशभर विरोध कार्यक्रमका लागि निश्चित स्थान तोकिएकाले सोही स्थानमा मात्र विरोध गर्नुपर्ने बताए । देशभर शान्ति सुरक्षा कायम गर्दै नागरिक स्वतन्त्रता र नागरिक अधिकारका लागि यस्तो विरोधका लागि निश्चित स्थान तोकिएको गृहमन्त्री थापाले बताएका छन् । सुशासन कायम गरी अग्रगमनलाई सुव्यवस्थित बनाउनका लागि प्रदर्शनस्थल तोकिएको जानकारी दिए । 

(prodavinci.com)

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    उत्तम घिमिरे

    हाेलेरि, शक्तिखाेर ….. ….. तिर मात्रै दिए कसाे हाेला ?

    Comment Author

    Limbu Man

    लोक तन्त्र हो !अधिनायक लाद्न नखोजौ श्री ५ को पालामा पनि एस्तो थिएन !के श्री ३ ओलि बन्न खोजेको ?

    Comment Author

    Chitra Rana

    manchhe Marne basal home minister bhayapachhi kasto hola. afule tod for ra hinsa machhauda ramro June arulai bhadan garna Nadine. yo kasto hitlari para ho.

    Comment Author

    Raju Budathoki Budathoki

    Yo sarkar le janta ko adhikar khosdeexa

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?