शाखा प्रबन्धक नहुँदा सेवाग्राही मर्कामा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ११, २०७४
|
|
२३ पटक हेरिएको
Shares
शाखा प्रबन्धक नहुँदा सेवाग्राही मर्कामा

सारांश

  • दुनै, डोल्पा, ११ फागुन , सदरमुकाम दुनैस्थित कृषि विकास बैंकमा शाखा प्रबन्धक नहुँदा सेवाग्राही मर्कामा परेका छन् ।
  • दुई महिनादेखि बैंक प्रबन्धकविहीन भएपछि सेवाग्राही मारमा परेका हुन् ।
  • गत पुसमा शाखा प्रमुख रवि खत्रीको सरुवा भएकमो थियो ।

दुनै, डोल्पा, ११ फागुन , सदरमुकाम दुनैस्थित कृषि विकास बैंकमा शाखा प्रबन्धक नहुँदा सेवाग्राही मर्कामा परेका छन् ।

दुई महिनादेखि बैंक प्रबन्धकविहीन भएपछि सेवाग्राही मारमा परेका हुन् । गत पुसमा शाखा प्रमुख रवि खत्रीको सरुवा भएकमो थियो ।

“दुई महिना भइसक्यो, आउने अत्तोपत्तो छ्रैन”, निमित्त प्रमुख जीवराज बमले भन्नुभयो– ““प्रबन्धक नहुँदा कर्जा लगानी रोकिएको छ, धितो मूल्याङ्कन पनि हुन सकेको छैन, कर्जा लिनका लागि दैनिक सातदेखि १० जनासम्म सेवाग्राही आउने गरेका छन्, सबैलाई हाकिम आउनुभएको छैन भनेर फर्काउने गरेको छु”, उहाँले भन्नुभयो ।

त्रिपुरा सुन्दरी नगरपालिका–१ का हरिचन्द्र विष्टले पुसयता कर्जा लिन भन्दै छ पटक बैंक पुगेपनि काम हुन नसकेको बताउनुभयो ।

डोल्पामा अहिलेसम्म रु आठ करोड ४१ लाख रकम लगानी गरिएको कृषि विकास बैंकले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?