लिवियाको राजधानी विद्रोहीले कब्जामा, नेपाली शान्ति सैनिक सुरक्षित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २६, २०७५
|
|
२० पटक हेरिएको
Shares
लिवियाको राजधानी विद्रोहीले कब्जामा, नेपाली शान्ति सैनिक सुरक्षित

सारांश

  • काठमाडौं।
  • अफ्रिकी मुलुक लिवियामा कार्यरत नेपाली सेना सुरक्षित रहेको सैनिक मुख्यालयले जनाएको छ।
  • केहीदिन देखि लिबियामा बिद्रोही समुह लिवियन नेशलन आर्मीले राजधानी त्रिपोली कब्जा गर्न थालेपछि त्यहां कार्यरत नेपाली सेनाको अवस्था सामान्य रहेको पनि मुख्यालले जनाएको छ।
काठमाडौं।अफ्रिकी मुलुक लिवियामा कार्यरत नेपाली सेना सुरक्षित रहेको सैनिक मुख्यालयले जनाएको छ। केहीदिन देखि लिबियामा बिद्रोही समुह लिवियन नेशलन आर्मीले राजधानी त्रिपोली कब्जा गर्न थालेपछि त्यहां कार्यरत नेपाली सेनाको अवस्था सामान्य रहेको पनि मुख्यालले जनाएको छ।  सो बिद्रोही समुहले राजधानी कब्जा गर्न खोजेपछि त्यहौ भिषण संघर्ष भएको छ ।
गत शुक्रबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटोरेज तथा विद्रोही नेता खलिफा हफ्तारबीच लिवियाको बेङ्घाजीमा वार्ता भएको थियो । वार्ता निष्कर्षहिन भएपछि विद्रोही नेता खलिफाले आफ्नो समुहलाई सैनिक कार्वाहीको निरन्तरताको लागि निर्देशन दिएपछि त्यहांको अवस्था असामान्य बन्दै गएको थियो ।
विद्रोही समुहले त्रिपोलीस्थित अन्तर्राष्ट्रिय विमानस्थललाई ‘नो फ्लाई जोन’ घोषणा गरेपनि त्रिपोलीबाट ट्युनिशिया जाने सडकमार्गलाई भने चालु राखेका छन ।
त्रिपोलीमा राष्ट्र संघको सहयोगकालागि तैनाथ शान्ति सेनालाई बिद्रोहीले सडकमार्गको प्रयोग गरी छिमेकी राष्ट्र ट्युनिशिया जान दिएपछि त्यहा ंरहेका राष्ट्र संघका शान्ति सैनिकहरु ट्युनिसिया जान थालेका छन ।
संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधि तथा उक्त मिशनका प्रमुख घासन सलामे लगायत मिशनका उच्च पदस्थ पदाधिकारीहरु हालसम्म पनि राजधानी त्रिपोलीस्थित मिशन हेडक्वार्टरमा नै रहेका छन । मिशन हेडक्वार्टर तथा मिशन हेडक्वार्टरमा कार्यरत रहेका यूएन स्टाफहरुको सुरक्षाको जिम्मा संयुक्त राष्ट्रसंघिय शान्ति स्थापनाथ अन्तर्गत त्रिपोलीमा रहेका २३१ जना नेपाली शान्ति सैनिकले सुरक्षा दिइरहेका छन 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?