लन्डनकाे बेलायती संसद् भवन अगाडि कार दुर्घटना, पैदलयात्री घाइते

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २९, २०७५
|
|
२७ पटक हेरिएको
Shares
लन्डनकाे बेलायती संसद् भवन अगाडि कार दुर्घटना, पैदलयात्री घाइते

सारांश

  • लन्डन, २९ साउन ।
  • बेलायतको संसद् भवन अगाडि एकजना सवारी चालकले जानाजान पैदलयात्री र साइकलयात्रीलाई लक्षित गरी पैदलमार्गमा दुर्घटना गराएको प्रत्यक्षदर्शीले बताएका छन् ।
  • बिहानको भिडभाडमा पैदलमार्गमा सवारी दुर्घटना गराउने शङ्कास्पद व्यक्तिलाई प्रहरीले तत्कालै पक्राउ गरेको छ ।

लन्डन, २९ साउन । बेलायतको संसद् भवन अगाडि एकजना सवारी चालकले जानाजान पैदलयात्री र साइकलयात्रीलाई लक्षित गरी पैदलमार्गमा दुर्घटना गराएको प्रत्यक्षदर्शीले बताएका छन् । बिहानको भिडभाडमा पैदलमार्गमा सवारी दुर्घटना गराउने शङ्कास्पद व्यक्तिलाई प्रहरीले तत्कालै पक्राउ गरेको छ ।विगत १८ महिनाभन्दा कम अवधिमा बेलायतमा सवारीसाधनको प्रयोग गरी चारवटा आतङ्कवादी आक्रमण भइसकेका छन् । बेलायतको मुख्य प्रशासनिक इकाई समेत रहेको मुख्य लन्डन क्षेत्रमा प्रहरीले घेराबन्दी गरेको छ ।

प्रहरीले आम सर्वसाधारणलाई घटनास्थलबाट टाढै रहन आग्रह गर्नुका साथै वेस्टमिन्स्टर रेलसेवा बन्द गरिएको छ ।“हाउस अफ लर्डस्को बाहिरको बारमा तिब्र गतिको कारले हिर्कायो । ठूलो आवाज आयो र धुँवा उड्यो,” प्रत्यक्षदर्शी एवीलीना ओचाबले भन्नुभयो । “चालक तुरुन्तै बाहिर निस्केनन् । सुरक्षागार्डले तत्कालै मानिसलाई टाढा जान आग्रह गरिरहेका थिए ।

”यही स्थानमा मार्च २०१७ मा पनि आतङ्कवादी हमला भएको थियो । खालिद मसूद नाम गरेका एक व्यक्तिले वेस्टमिन्स्टर ब्रिजमा चार जना मानिसको ज्यान लिनेगरी कारबाट आक्रमण गरेका थिए ।लन्डनको महानगरीय प्रहरीले प्रतिआतङ्कवाद कमान्डले घटनाको अनुसन्धान थालिसकेको जानकारी दिएको छ । कार दुर्घटनामा केही व्यक्ति घाइते भएपनि जटिल अवस्थामा नरहेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?