सात करोड खर्च भयो, १७ लाख अभावमा क्रिकेट मैदान चलेन

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक ३, २०७३
|
|
१५१ पटक हेरिएको
Shares
सात करोड खर्च भयो, १७ लाख अभावमा क्रिकेट मैदान चलेन

सारांश

  • सात करोड खर्च भयो, १७नौ वर्षमा पनि सकिएन मूलपानी क्रिकेट मैदानको निर्माण नेपाल क्रिकेट संघ (क्यान)को आन्तरिक विवादका कारण काठमाडौंको मूलपानीमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान (माथिल्लो)को निर्माण कार्य तीन वर्षदेखि ठप्प छ ।
  • सात करोड निर्माण कार्यमा खर्च भइसकेको छ, थप १७ लाख खर्च भए मैदान सञ्चालनयोग्य बन्छ ।
  • तर, गत वैशाखमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले क्यानलाई निलम्बन गरेपछि निर्माण कार्य थप अन्योलतर्फ धकेलिएको छ ।

सात करोड खर्च भयो, १७नौ वर्षमा पनि सकिएन मूलपानी क्रिकेट मैदानको निर्माण
नेपाल क्रिकेट संघ (क्यान)को आन्तरिक विवादका कारण काठमाडौंको मूलपानीमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान (माथिल्लो)को निर्माण कार्य तीन वर्षदेखि ठप्प छ । सात करोड निर्माण कार्यमा खर्च भइसकेको छ, थप १७ लाख खर्च भए मैदान सञ्चालनयोग्य बन्छ । तर, गत वैशाखमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले क्यानलाई निलम्बन गरेपछि निर्माण कार्य थप अन्योलतर्फ धकेलिएको छ । श्रीलोचन राजोपाध्याय र सीताराम कोइरालाको रिपोर्ट:

सात करोड केमा खर्च ?

मूलपानी मैदान निर्माणका लागि अहिलेसम्म झन्डै सात करोडभन्दा बढी खर्च भइसकेको छ । पेभिलियन निर्माणका लागि सरकारले क्यानलाई चार करोड उपलब्ध गराएको थियो । त्यसबाहेक मैदान सम्याउन ८० लाख, पिच निर्माणका लागि १५ लाख, पर्खाल निर्माणका लागि ६५ लाख, दोस्रोपटक मैदान सम्याउन तीन लाख खर्च भएको छ । सातमध्ये पाँच करोड सरकारले उपलब्ध गराएको हो । बाँकी रकम क्यानले आइसिसी विकास कार्यक्रमबाट खर्च गरेको हो ।

के–के काम भयो ?
क्यानले मूलपानीमा मैदान निर्माण कार्य सन् २००७ देखि थालेको हो । सरकारले मैदान सम्याउन एक करोड बजेट उपलब्ध गराएपछि निर्माण कार्य सुरु भएको थियो । लामा कन्ट्रक्सनले ०६४ मा ८० लाख रुपैयाँमा मैदान सम्याएको थियो । त्यही वर्ष गौरा कन्स्ट्रक्सनले चार करोडमा पेभिलियन निर्माण गर्ने ठेक्का पायो । गौराले तीन वर्षमा पेभिलियन निर्माण सक्दै क्यानलाई हस्तान्तरण गरिसकेको छ । ०६६ मा पाकिस्तानी क्युरेटरले मैदानको मध्यभागमा पिच बनाएका थिए । सातवटा पिच निर्माण गर्न १५ लाख लगानी लागेको थियो । ०६९ मा गौराले ६५ लाख रुपैयाँ लगानीमा पर्खाल बनाएपछि मैदान निर्माण कार्य रोकिएको छ ।

के–के काम बाँकी छ ?
निर्माण कार्य रोकिए पनि मूलपानी मैदानले स्वरूप भने लिइसकेको छ । मैदानलाई खेल्नयोग्य बनाउन तीनवटा काम बाँकी रहेको क्यानका प्रमुख कार्यसञ्चालन अधिकृत छुम्बी लामाले जानकारी दिए । ‘पिचलाई पूर्णता, मैदानको सतह मिलाउने र तारबार लगाउन सके खेल्नयोग्य हुन्छ,’ लामाले भने, ‘त्यसका लागि बजेट पनि धेरै लाग्दैन । लगभग १७ लाख बजेट उपलब्ध भए ४५ दिनभित्र मैदानलाई खेल्नयोग्न बनाउन सकिन्छ ।’
क्रिकेट मैदान बनाउन सरकार सकारात्मक

मूलपानी मैदानलाई खेल्नयोग्न बनाउन सरकार सकारात्मक रहेको खेलकुदमन्त्री दलजित श्रीपालीले नयाँ पत्रिकालाई बताए । ‘जे कारणले निर्माण कार्य हुन नसके पनि मूलपानी मैदान सरकारको सम्पत्ति हो,’ श्रीपालीले भने, ‘मैदानलाई खेल्नयोग्य बनाउन तत्काल कदम चाल्छु ।’ श्रीपालीले मूलपानी मैदानको हालको अवस्थाबारे अध्ययन गरेपछि मात्र काम अघि बढाउने पनि बताए ।

अख्तियार मुद्दाले काम हुन सकेन

०६९ जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्यानका तत्कालीन अध्यक्ष टंक आङबुहाङसहित ११ जना क्यानका पदाधिकारीसहित १५ जनालाई मूलपानी मैदान निर्माणमा भ्रष्टाचार गरेको अभियोगसहित मुद्दा दायर गरेको थियो । अख्तियारले पदाधिकारीबाट एक करोड ४३ लाख र त्यसको असुलउपर मागसहित मुद्दा दायर गरेको थियो । त्यसलगत्तै मैदान निर्माण ठप्प भयो । ‘अख्तियारको मुद्दापछि निर्माण कार्य रोकिएको हो,’ आङबुहाङले नयाँ पत्रिकासँग भने, ‘हामीले मैदानको सतह मिलाउनेबाहेक अन्य काम सकेका थियौँ ।’ दुई वर्षपछि पदाधिकारीले सफाइ पाएका थिए । त्यसको एक महिनापछि भएको क्यानको निर्वाचनपछि नेपाली क्रिकेटको विवादले चरम रूप लियो, जसका कारण आइसिसीले क्यानलाई निलम्बन ग-यो ।
तल्लो मैदानको अवस्थामा पनि उस्तै
सरकारले निर्माण कार्य थालेको मूलपानीको तल्लो रंगशालाको कार्य पनि ढिलाइ भएको छ । गत वैशाखसम्म सक्ने गरी सम्झौता भएको तल्लो मैदानको निर्माण कार्य सकिने मितिको अझै टुंगो छैन । ‘तल्लो मैदानको निर्माण कार्य ८० प्र्रतिशत सकिएको छ,’ खेलकुद मन्त्रालयका सहसचिव चुडामणि पौडेलले नयाँ पत्रिकासँग भने, ‘जग्गा मुआब्जाको विवादका कारण अहिले रोकिएको छ ।’ उनका अनुसार ५२ आना मुआब्जा विवाद मिलाउन जिल्ला प्रशासन कार्यालयबाट प्रक्रिया अघि बढेको छ । ‘मुआब्जा विवाद हामी चाँडै टुंग्याउँछौँ, त्यसपछि निर्माण कार्य तीव्र गतिमा अघि बढ्छ,’ उनले भने । मैदानको पहिलो चरणको कामका लागि प्रेरा-प्रतिष्ठा-मुन्ना एन्ड आचार्य जेभीले १४ करोड ६३ लाख २४ हजारमा ठेक्का पाएको थियो । उक्त कार्य अझै सकिएको छैन ।
परिषद् आफैँ अग्रसर
परिषद्ले मूलपानी क्रिकेट मैदान निर्माण गर्न क्यानलाई जिम्मेवारी दिएको थियो । त्यसवेला क्यानका पदाधिकारीले मैदान भए आफैँले रंगशाला बनाउने प्रतिबद्धता गरेका थिए । पछि पदाधिकारीले परिषद्सँग मैदान बनाउन आर्थिक सहयोग मागेको राखेपअन्तर्गत निर्माण विभाग प्रमुख अरुण उपाध्याय बताउँछन् । ‘पहिले क्यानका पदाधिकारीले जग्गा उपलब्ध भए आफैँ रंगशाला बनाउने भनेका थिए, तर उनीहरूले विस्तारै परिषद्सँग सहयोग माग्न थाले,’ उपाध्यायले भने । उनका अनुसार परिषद्ले ०७१ सालदेखि मैदान बनाइरहेको छ ।
१५ करोडभन्दा धेरै बजेट निकासा
मूलपानी क्रिकेट मैदानको निर्माण कार्यका लागि राष्ट्रिय खेलकुद परिषद्ले प्रत्येक वर्ष बजेट निकासा गरिरहेको छ । परिषद्ले आर्थिक वर्ष ०६९-७० देखि ०७२-७३ सम्म १५ करोड ४९ लाख ३४ हजार रुपैयाँ निकासा गरेको देखिन्छ । मूलपानीमा तल्लो र माथिल्लो मैदान भए पनि मूलपानी क्रिकेट मैदान शीर्षकमा बजेट निकासा भएको परिषद्का आर्थिक विभाग प्रमुख कपिलमणि पोरखेलले बताए । ‘हामीले प्रत्येक वर्ष मूलपानी मैदान शीर्षकअनुसार बजेट निकासा गरिरहेका छौँ,’ उनले भने ।
परिषद्का अनुसार आव ०७१-७२ मा आठ करोड ४५ लाख ५६ हजार र ०७२-७३ मा ६ करोड १८ लाख बजेट निकासा भएको थियो । त्यस्तै, मैदानमा तारबार लगाउन आव ०७०-७१ मा पाँच लाख ७८ हजार विनियोजन भएको थियो । आव ०६९-७० मा तल्लो मैदानका लागि भनी एकपटक ३० लाख र अर्कोपटक ५० लाख निकासा भएको पोखरेलले बताए ।
चार वर्षअघि सकिनुपर्ने हो
विनयराज पाण्डे
पूर्वअध्यक्ष, क्यान
क्यानका तत्कालीन अध्यक्ष विनयराज पाण्डेले मैदान निर्माण कार्य चार वर्षअघि नै सकिनुपर्ने बताएका छन् । ‘मेरो योजनाअनुरूप मूलपानी निर्माण कार्य सन् २०१२ मा सकिनुपर्ने हो,’ उनले भने । पाण्डेको कार्यकालमा पेभिलियनको निर्माण कार्य सुरु भएको थियो । ‘पेभिलियन निर्माण सँगसँगै मैदान पनि बनाउने योजना थियो,’ उनले भने, ‘पेभिलियन निर्माण त सकियो, तर मैदानमा कसैको पनि ध्यान पुग्न सकेन ।’
हामीलाई खेल्ने मैदान त देऊ
उपकप्तान ज्ञानेन्द्र मल्ल
मैले क्रिकेट खेल्न सुरु गर्दादेखि नै मूलपानीको कुरा सुनेको हो । मेरो क्रिकेट करिअर नै सकिने वेला हुन लागिसक्यो मैदान बनेको छैन । लाख अभावमा क्रिकेट मैदान चलेन

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रिय फोटो पत्रकार समूहको ज्ञापनपत्र
प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रिय फोटो पत्रकार समूहको ज्ञापनपत्र
संघीय व्यवस्थापिकाको भवन पुसभित्र तयार हुने
संघीय व्यवस्थापिकाको भवन पुसभित्र तयार हुने
किसानलाई पेन्सन र रासन कार्ड दिने हनुमाननगरका मेयरको पहिलो निर्णय
किसानलाई पेन्सन र रासन कार्ड दिने हनुमाननगरका मेयरको पहिलो निर्णय
भाजपाको विजयपछि शीर्ष नेताहरु यसो भन्छन्
भाजपाको विजयपछि शीर्ष नेताहरु यसो भन्छन्
सिभिल अस्पतालका कर्मचारीहरूद्वारा रामकुमारी झाँक्रीमाथि अभद्र व्यवहार !
सिभिल अस्पतालका कर्मचारीहरूद्वारा रामकुमारी झाँक्रीमाथि अभद्र व्यवहार !
क्रिकेटमा नेपालको सनसनीपूर्ण जित, विश्वकप खेल्न पाउने
क्रिकेटमा नेपालको सनसनीपूर्ण जित, विश्वकप खेल्न पाउने
विदेशबाट फर्केर तरकारी खेती गर्दै मनिराज
विदेशबाट फर्केर तरकारी खेती गर्दै मनिराज
उपमहासचिव भुसालद्वारा प्रतिबद्धता सार्वजनिक
उपमहासचिव भुसालद्वारा प्रतिबद्धता सार्वजनिक
सत्ता गठबन्धनलाई सिट बाँडफाँड  गर्न सकस
सत्ता गठबन्धनलाई सिट बाँडफाँड गर्न सकस
सांसदले भने, ‘मेरी श्रीमती कैले विश्वकर्मा त कैले जनजाति भनेर सांसद हुन पाउने कि नपाउने ?’
सांसदले भने, ‘मेरी श्रीमती कैले विश्वकर्मा त कैले जनजाति भनेर सांसद हुन पाउने कि नपाउने ?’

तपाईंले छुटाउनुभयो कि?