डेब्यू फिल्ममै साराको किस सिन !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १३, २०७५
|
|
२५ पटक हेरिएको
Shares
डेब्यू फिल्ममै साराको किस सिन !

सारांश

  • सैफ अली खानकी छोरी सारा अली खानको डेब्यू चलचित्र केदारनाथको टिजर सार्वजनिक भएको छ ।
  •  सामाजिक सञ्जालमा यसले राम्रो रेस्पोन्स पाइरहेको छ ।
  • अभिषेक कपूरको निर्देशन रहेको चलचित्र केदारनाथको भिडियो मंगलबार दिउँसो सार्वजनिक भएको हो ।

सैफ अली खानकी छोरी सारा अली खानको डेब्यू चलचित्र केदारनाथको टिजर सार्वजनिक भएको छ । सामाजिक सञ्जालमा यसले राम्रो रेस्पोन्स पाइरहेको छ । अभिषेक कपूरको निर्देशन रहेको चलचित्र केदारनाथको भिडियो मंगलबार दिउँसो सार्वजनिक भएको हो । चलचित्र केदारनाथमा प्राकृतिक विपत्तिसँग जोडिएको प्रेम कहानीलाई प्रस्तुत गरिएको छ । चलचित्रको टिजर भिडियो शानदार छ । यसमा सारा अली खान, सुशान्त सिंह राजपूतसँग किस सिन दिदै गरेको देखिन्छन् ।केदारनाथ सैफ अली खान की छोरी साराको डेब्यू चलचित्र हो । साराले डेब्यू चलचित्रमै किस सिन दिएकी हुन् । यो चलचित्र लगभग तयार भइसकेको छ । तर केही कुरामा विवाद भएपछि यसको रिलीज डेट पक्का भइसकेको छैन ।केदारनाथको टिजरमा के छ ?

टिजरमा कुनै पनि संवाद छैन । किस सिन छ । टिजर भिडियोमा यसलाई देखाइएको पनि छ ।  टिजर हेरेर मात्र यो बुझ्न सकिन्छ कि केदारनाथ विपत्तिमा परेकी सारालाई सुशान्तले जसरी भएपनि बचाउन चाहन्छन् । केदारनाथको कहानी पवित्र मन्दिर दर्शन गर्न गएका श्रद्धालुको यात्रामाथि आधारित छ । केहीवर्षअघि केदारनाथमा ठूलो वर्षापछि बाढी आएको थियो जसमा धेरै श्रद्धालुको ज्यान गएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?