वैज्ञानिकले हात पारे ठूलाे सफलता, मानव जातिको अर्को प्रजाति फेला

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २८, २०७५
|
|
२६ पटक हेरिएको
Shares
वैज्ञानिकले हात पारे ठूलाे सफलता, मानव जातिको अर्को प्रजाति फेला

सारांश

  • बीबीसी।
  • मानव प्रजातिको सूचीमा एउटा थप नयाँ नाम जोडिएको छ।
  • जसको अवशेष फिलिपिन्सको एउटा गुफामा भेटिएको छ।
बीबीसी। मानव प्रजातिको सूचीमा एउटा थप नयाँ नाम जोडिएको छ। जसको अवशेष फिलिपिन्सको एउटा गुफामा भेटिएको छ।
विलुप्त भइसकेको यो नयाँ प्रजातिको अवशेष फिलिपिन्सको सबैभन्दा ठूलो द्वीप लुजोनमा भेटिएको हो, जुन प्रजातिको नाम होमो लुजोनेसिस राखिएको छ। 
यो प्रजातिमा पाइने कुनै कुनै भौतिक विशेषताहरु प्राचीन मावन प्रजाति र आजको मानव प्रजातिसँग मिल्दोजुल्दो छ।
के अनुमान लगाइएको छ भने प्राचीन मानवसँग यसको सम्बन्ध अफ्रिकासँग जोडिएको हुनसक्छ। जो पछि दक्षिण पूर्वी एशियामा आएर बस्न थाले। यी अवशेषको खोज भन्दा पहिला यस्तो हुनु करिव करिव असंभवन मानिएको थियो।
यो खोजपछि के भन्न थालिएको छ भने फिलिपिन्स र यो प्रान्तमा मानव प्रजातिको विकास निकै पोचिलो भएको हुनसक्छ। किननभे यहाँ पहिलादेखि नै अधिक मावन प्रजाति बसिरहेका थिए।
तीमध्ये एउटा थियो ‘हाबिट’ अर्थात होमो फ्लोरेसिन्सिस जो इण्डोनेशियाको फ्लोर्स नाकको द्वीपमा करिव ५० हजार वर्षसम्म थिए।
लन्डनका नेचुरल हिस्ट्री म्युजियमका प्रोफेसर क्रिस स्ट्रिंगर भन्छन्, ‘२००४ मा हाबिट प्रजाति होमो फ्लोसिन्सिसका बारेमा जानकारी प्रकाशित भएको थियो। त्यो बेला मैले भनेको थिएँ–मानव प्रजाति खोज्ने काम जो फ्लोर्समा गरिएको छ, त्यसमा मात्रै सीमित नराखी त्यो इलाका र द्वीपमा पनि खोजी गर्नुपर्छ।’
उनले अगाडि भने–मेरो अनुमान सही थियो। त्यहाँ भन्दा करिव ३ हजार किलोमिटर टाढा रहेको लुजोन द्वीपमा सफलता मिल्यो।’ 
नेचर प्रत्रिकाका अनुसार होमो लुजेनेसिसको अवशेष लुजोनको उत्तरमा अवस्थित कैलाओ गुफामा मेटिएको हो। उक्त अवशेष ६७ हजार वर्ष पुरानो भएको अमुमान लगाइएको छ।
गुफामा भेटिएका अवशेषमा मानव शरीरको तीन भाग छन्। जसमा दाँत, हात र खुट्टाका हड्डी छन्। यो अवशेष चार जनाको हो, जसमध्ये एउटा पुरुषको अवशेष हो। यी अवशेष २००७ मा गुफा खन्दा भेटिएका थिए।
होमो लुजोनेसिसका केही विशेषता आजका मानव प्रजातिसँग मिल्दाजुल्दा छन्। जबकि अन्य धेरै विशेषता जस्तै आस्ट्रलोपिथेसीन जस्तै सिधै उभिएर हिँड्ने र अफ्रिकामा भेटिएका बाँदरसँग मिल्दोजुल्दो मावन प्रजाति जस्तै छन्। जो, करिव २० देखि ४० लाख वर्षसम्म यहाँ थिए। यसका केही विशेषता प्राचीन होमो जातिसँग पनि मेल खान्छ।
हात र खुट्टाका औंला भित्रतर्फ मोडिएका छन्, जसले के इसारा गर्छ भने उनीहरु रुख चढ्न सक्थे।
यदि यो विषयमा ठोष प्रमाण मिल्ने हो भने अस्ट्रलोपिथेसीन जस्तै प्रजाति दक्षिण पूर्वी एशियासम्म पुगेको पुष्टि हुने थियो। होमो इरेक्टस त्यो पहिलो प्रजाति हो जो १९ लाख वर्ष पहिला अफ्रिका जोडेर बाहिर आएका थिए।
लुजोन द्वीप चारैतिरबाट पानीले घेरिएको छ र, यस कारण नयाँ खोजले यसमा के प्रश्न उब्जाएको छ भने आखिर उनीहरु कसरी पुगे भन्ने गम्भीर प्रश्न खडा गरिदिएको छ।
होमो लुजोनेसिससँग सँगै दक्षिण पूव एशियामा डेनिसोवन्स नामको एक मानव प्रजाति पनि पाइएको थियो। यो इलामा आएपछि यो प्रजाति होमो सेपियन्ससँग घुलमिल भएको विश्वास गरिन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्थमन्त्री खतिवडाले प्रस्तुत गरेको बजेटमा कहाँ कति रकम विनियोजन भयो ? (पूर्णपाठ)
अर्थमन्त्री खतिवडाले प्रस्तुत गरेको बजेटमा कहाँ कति रकम विनियोजन भयो ? (पूर्णपाठ)
バルカンベガス オンラインカジノ日本
प्रकाशमानको दाबीः पहिलो मै हुँ ! दोस्रो रविन्द्र मिश्र र शर्मालाई सोध्नुस्
प्रकाशमानको दाबीः पहिलो मै हुँ ! दोस्रो रविन्द्र मिश्र र शर्मालाई सोध्नुस्
सुन्तला खेतीमा रमाउँदै कृषक यस वर्ष रुं ३० करोड आम्दानी
सुन्तला खेतीमा रमाउँदै कृषक यस वर्ष रुं ३० करोड आम्दानी
मेगा बैंकले विपन्न वर्गका लागि ४ अर्ब रुपैँया लगानी गर्ने  !
मेगा बैंकले विपन्न वर्गका लागि ४ अर्ब रुपैँया लगानी गर्ने !
कुलुङ तथा मेवाहाङलाई आदिवासी जनजातिमा सूचीकृत गर्न प्रधानमन्त्रीसमक्ष माग
कुलुङ तथा मेवाहाङलाई आदिवासी जनजातिमा सूचीकृत गर्न प्रधानमन्त्रीसमक्ष माग
मुग्लिन–पोखरा सडक : तनहुँ खण्डमा डेढ किमी कालोपत्र
मुग्लिन–पोखरा सडक : तनहुँ खण्डमा डेढ किमी कालोपत्र
समावेशी विकासले आर्थिक तथा सामाजिक समृद्धि हासिल गर्न सकिन्छः उपराष्ट्रपति
समावेशी विकासले आर्थिक तथा सामाजिक समृद्धि हासिल गर्न सकिन्छः उपराष्ट्रपति
यसरी भयो गर्भपतन गैरकानुनी !
यसरी भयो गर्भपतन गैरकानुनी !
चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त
चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

तपाईंले छुटाउनुभयो कि?