समावेशी विकासले आर्थिक तथा सामाजिक समृद्धि हासिल गर्न सकिन्छः उपराष्ट्रपति

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २, २०७५
|
|
५९ पटक हेरिएको
Shares
समावेशी विकासले आर्थिक तथा सामाजिक समृद्धि हासिल गर्न सकिन्छः उपराष्ट्रपति

सारांश

  • काठमाडौँ, २ पुस, संविधानप्रदत्त महिला अधिकारलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।
  • राजनीतिक नेतृत्वमा महिला सहभागिता वृद्धि भए पनि नीतिनिर्माण तहमा अझै महिला सहभागिता कम भएको गुनासो गर्दै आर्थिक समृद्धि हासिल गर्न समावेशी विकासलाई अगाडि बढाउनुपर्ने सुझाव पनि दिइएको छ ।
  • नेपाल मुस्लिम महिलाकल्याण समाज र विश्व मुस्लिम समुदाय परिषद्द्वारा संयुक्त रुपमा ‘नेपालको समावेशी विकासमा महिला सहभागिता’ विषयमा आज यहाँ आयोजित अन्तर्राष्ट्रिय सम्मेलनका सहभागीले महिला अधिकारका क्षेत्रमा नेपालको संविधान उत्कृष्ट रहेको बताउनुभयो ।

काठमाडौँ, २ पुस, संविधानप्रदत्त महिला अधिकारलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।

राजनीतिक नेतृत्वमा महिला सहभागिता वृद्धि भए पनि नीतिनिर्माण तहमा अझै महिला सहभागिता कम भएको गुनासो गर्दै आर्थिक समृद्धि हासिल गर्न समावेशी विकासलाई अगाडि बढाउनुपर्ने सुझाव पनि दिइएको छ । नेपाल मुस्लिम महिलाकल्याण समाज र विश्व मुस्लिम समुदाय परिषद्द्वारा संयुक्त रुपमा ‘नेपालको समावेशी विकासमा महिला सहभागिता’ विषयमा आज यहाँ आयोजित अन्तर्राष्ट्रिय सम्मेलनका सहभागीले महिला अधिकारका क्षेत्रमा नेपालको संविधान उत्कृष्ट रहेको बताउनुभयो ।
उपराष्ट्रपति नन्दबहादुर पुनले सम्मेलनको उद्घाटन गर्दै महिला अधिकारका क्षेत्रमा नेपालको संविधान विश्वमा उत्कृष्ट रहेको बताउँदै राजनीतिमा बहुलवाद भएजस्तै समाजको विविधतामा पनि नेपाल बहुलवाद भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “बहुजातीय, बहुभाषिक, बहुसंस्कृतियुक्त साझा पहिचानले नेपालको राष्ट्रियतालाई बलियो बनाएको छ । संविधानप्रदत्त अधिकारलाई कार्यान्वयन गर्न सरकारले विशेष ध्यान दिनुपर्छ ।” समावेशी विकासले मात्र आर्थिक तथा सामाजिक समृद्धि हासिल गर्न सकिने उपराष्ट्रपति पुनले बताउनुभयो ।
सो अवसरमा मुस्लिम महिलाकल्याण समाजका अध्यक्ष सीमा खानले संविधानप्रदत्त अधिकारलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

मुस्लिम समुदाय परिषद्का अध्यक्ष डा अलि अल न्यूआइमीले समावेशी विकासले मात्र दिगो विकास सम्भव हुने बताउँदै आर्थिक र सामाजिक रुपमा पछाडि पारिएका महिलालाई विकासको मूल प्रवाहमा ल्याउन सरकारले विशेष प्राथमिकता दिनुपर्छ भन्नुभयो । परिषद्का महासचिव डा मोहम्मद बोचारीले परिषद्ले विशेष गरी मुसलमान महिलाका अधिकार सुनिश्चित गर्न निरन्तर पैरवी गर्दै आएको बताउनुभयो ।

कार्यक्रमको दोस्रो सत्रमा आयोजित अन्तरक्रियामा पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले सङ्घ, प्रदेश र स्थानीय तहका निर्वाचनबाट महिला सहभागिता उल्लेखनीय रुपमा वृद्धि भएको बताउनुुभयो । परिषद्मा मुस्लिम महिलाकल्याण समाजसहित १४२ देशका संस्थाहरु आबद्ध छन् । संविधान जारीपछिको समावेशी विकासमा महिला सहभागितालाई अझ कसरी सुनिश्चित गर्ने भन्ने ध्येयले आयोजित दुईदिने सो सम्मेलनमा विभिन्न राजनीतिक दलका महिला नेत्री, अधिकारकर्मीलगायतको सहभागिता छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपतिद्वारा राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी
एआईजीहरु र सचिवको बैंक खाता र लकर रोक्का….
एआईजीहरु र सचिवको बैंक खाता र लकर रोक्का….
सरकारले विकासको कुरा बुझ्न नसक्नु र आफूले चाइनिज भाषा बुझ्न नसक्नु उस्तै भएको ओलीद्वारा  टिप्पणी
सरकारले विकासको कुरा बुझ्न नसक्नु र आफूले चाइनिज भाषा बुझ्न नसक्नु उस्तै भएको ओलीद्वारा टिप्पणी
शिक्षा आयोगको प्रतिवेदनमा निजी क्षेत्रको कडा आपत्ति
शिक्षा आयोगको प्रतिवेदनमा निजी क्षेत्रको कडा आपत्ति
दोस्रो चरणको मतदान अब असार १४ मा
नक्सा पाससमेत नभएको भ्यू-टावर उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने
नक्सा पाससमेत नभएको भ्यू-टावर उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने
नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय टिकट विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि बिक्री गर्ने
नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय टिकट विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि बिक्री गर्ने
क्रिकेट खेलाडीहरुलाई जनही ५ लाख दिन सिफारिश गर्छु : सदस्य सचिव विष्ट
क्रिकेट खेलाडीहरुलाई जनही ५ लाख दिन सिफारिश गर्छु : सदस्य सचिव विष्ट
एमाले र दुर्गा प्रसाईंको शक्ति प्रदर्शन आज
एमाले र दुर्गा प्रसाईंको शक्ति प्रदर्शन आज
‘दर्पण छायाँ २’ रि-सुट
‘दर्पण छायाँ २’ रि-सुट