सुन्तला खेतीमा रमाउँदै कृषक यस वर्ष रुं ३० करोड आम्दानी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २८, २०७६
|
|
३२ पटक हेरिएको
Shares
सुन्तला खेतीमा रमाउँदै कृषक यस वर्ष रुं ३० करोड आम्दानी

सारांश

  • यस वर्ष सुन्तला बिक्रीबाट रु ३० करोड बढी रकम भोजपुरमा भित्रिएको छ ।
  • उत्पादित चार हजार ७०६ मेट्रिक टन सुन्तला बिक्रीबाट सो बराबरको आम्दानी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
  • गत वर्षको तुलनामा यस वर्ष १० प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको बताइएको छ ।

यस वर्ष सुन्तला बिक्रीबाट रु ३० करोड बढी रकम भोजपुरमा भित्रिएको छ । उत्पादित चार हजार ७०६ मेट्रिक टन सुन्तला बिक्रीबाट सो बराबरको आम्दानी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
गत वर्षको तुलनामा यस वर्ष १० प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको बताइएको छ । जिल्लामा उत्पादन भएको सुन्तला धनकुटा, सुनसरी, झापा, मोरङ, धरान, इटहरी, विराटनगर, काठमाडौँलगायतका शहरमा जाने गरेको छ । करीव रु दुई करोड मूल्य बराबर आन्तरिकरुपमा खपत हुने र बाँकी अन्य जिल्लामा जाने गरेको केन्दका निमित्त कार्यालय प्रमुख योगन्द्रप्रसाद यादवले जानकारी दिनुभयो । कार्यालयको तथ्याङ्कअनुसार गत वर्ष रु २८ करोड २९ लाख ४४ हजार बराबरको सुन्तला बिक्री भएको थियो ।
जिल्लामा ७८८ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादनका लागि योग्य जमिन भए पनि हाल ५८७ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भइरहेको छ । जिल्लाभर २८७ ठूला बगैँचा तथा सामान्यरुपमा पनि सो खेती हुने गरेको केन्द्रले जनाएको छ । अन्य बालीको तुलनामा सुन्तला खेतीबाट बढी आम्दानी र किन्नका लागि ठेकेदार बगैँचामै आउने भएका कारण कृषक सुन्तला खेतीमा आकर्षित हुने बताइएको छ ।
टेम्केमैयुङ गाउँपालिका–२ छिनामुखुका सुन्तला कृषक सुमन प्रधानले भन्नुभयो, “पहिला धरान, इटहरी ढाकार डोकोमा बोकेर सुन्तला बेच्नुपर्ने अवस्था थियो, अहिले बगानमै ठेकेदारको लर्को लाग्छ, थोरै मेहनतमा आम्दानी पनि राम्रो छ ।”
जिल्लाको टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्ण, छिनामखु, खावा, कोट, गोगने, तिम्मा, भोजपुर नगरपालिकाको देउराली, हेलौछा, आम्तेक, बोखिम, पालुवा, दावा, हतुवागढी गाउँपालिकाको रानीवास, अरुण गाउँपालिकाको साङपाङ, प्याउली षडानन्द नगरपालिकाको मुलपानीलगायत ठाउँमा सुन्तला उत्पादन हुने गर्दछ । सुन्तला उत्पादन हुने क्षत्रमा प्रदेश तथा केन्द्र सरकारले सुन्तलाको पकेट तथा ब्लग स्थापना गरी कृषकलाई अनुदानको व्यवस्था गरेसँगै यसतर्फ झनै कृषक आकर्षित भएका हुन् ।

(https://editorialrm.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजश्वमा गुणात्मक वृद्धि गर्न मन्त्री खतिवडाको निर्देशन
राजश्वमा गुणात्मक वृद्धि गर्न मन्त्री खतिवडाको निर्देशन
मेसी र स्वारेज चम्किँदा बार्सिलोनाद्वारा गोल वर्षा
मेसी र स्वारेज चम्किँदा बार्सिलोनाद्वारा गोल वर्षा
ठूलोखोला जलविद्युत् आयोजनाको टनेल ‘ब्रेकथ्रु’
ठूलोखोला जलविद्युत् आयोजनाको टनेल ‘ब्रेकथ्रु’
एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन तयार गरिएको वार्षिक कार्ययोजना सचिवालयबाट पारित
एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन तयार गरिएको वार्षिक कार्ययोजना सचिवालयबाट पारित
राष्ट्रकवि घिमिरेद्वारा मतदान
राष्ट्रकवि घिमिरेद्वारा मतदान
विपन्न परिवारमा निःशुल्क स्वास्थ्य बीमा
विपन्न परिवारमा निःशुल्क स्वास्थ्य बीमा
गोली हानी दुर्गा तिवारीका पार्टनर बलु पौडेलको हत्या
गोली हानी दुर्गा तिवारीका पार्टनर बलु पौडेलको हत्या
युरोपेली सङ्घको टोलीद्वारा चिलिमे—त्रिशूली प्रसारण आयोजना निरीक्षण
युरोपेली सङ्घको टोलीद्वारा चिलिमे—त्रिशूली प्रसारण आयोजना निरीक्षण
देउवा सरकारका सबै नियुक्ति खारेज गरेका प्रम ओलीले देउवाकी सासुलाई किन छोडे ?
देउवा सरकारका सबै नियुक्ति खारेज गरेका प्रम ओलीले देउवाकी सासुलाई किन छोडे ?
सुन काण्डमा अनुसन्धान गर्ने प्रहरी नै तानिदैं, अहिलेसम्म यी प्रहरीको मिलेमतो
सुन काण्डमा अनुसन्धान गर्ने प्रहरी नै तानिदैं, अहिलेसम्म यी प्रहरीको मिलेमतो

तपाईंले छुटाउनुभयो कि?