भैंसी चराइरहेका बाउछोरालाई जिपले ठक्कर दिंदा मृत्यु
सारांश
- काठमाडौं ।
- सर्लाही मलंगवा नवलपुर हरैयामा जिपले बाटो छेऊमा बसिरहेका बाबुछोरालाई ठक्कर दिंदा दुवैको ज्यान गएको छ ।
- नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको बा १९ त २५८८ नम्बरको जिपले सडक छेउमा भैंसी चराइरहेका स्थानीय ४० वर्षका जैयसी राय र उनका १० वर्षका छोरा लक्ष्मण रायलाई ठक्कर दिँदा शनिबार ज्यान गएको प्रहरीले जनाएको छ ।
काठमाडौं । सर्लाही मलंगवा नवलपुर हरैयामा जिपले बाटो छेऊमा बसिरहेका बाबुछोरालाई ठक्कर दिंदा दुवैको ज्यान गएको छ ।
नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको बा १९ त २५८८ नम्बरको जिपले सडक छेउमा भैंसी चराइरहेका स्थानीय ४० वर्षका जैयसी राय र उनका १० वर्षका छोरा लक्ष्मण रायलाई ठक्कर दिँदा शनिबार ज्यान गएको प्रहरीले जनाएको छ ।
तीव्र गतिमा गुडिरहेको जिप अनियन्त्रित भएर सडक छेउमा पल्टिँदा भैंसी हेरिरहेका बाबुछोरालाई ागेको थियो । छोरा लक्ष्मणको घटनास्थलमै र बाबुको उपचारको लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया