६ वर्षमा ५५ हजार दुर्घटना, ११ हजार ८३४ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १५, २०७४
|
|
१७ पटक हेरिएको
Shares
६ वर्षमा ५५ हजार दुर्घटना, ११ हजार ८३४ जनाको मृत्यु

सारांश

  • यातायात व्यवस्था विभागको तथ्यांकअनुसार देशभर करिब २८ लाख सवारी साधन दर्ता छन् ।
  • तर, २५ लाखले मात्र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिएका छन् ।
  • करिब ३ लाख व्यक्तिले लाइसेन्सविना नै सवारी चलाइरहेका छन् ।

यातायात व्यवस्था विभागको तथ्यांकअनुसार देशभर करिब २८ लाख सवारी साधन दर्ता छन् । तर, २५ लाखले मात्र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिएका छन् ।

करिब ३ लाख व्यक्तिले लाइसेन्सविना नै सवारी चलाइरहेका छन् । ट्राफिक प्रहरीका अनुसार लाइसेन्स नलिएका व्यक्तिले सवारी चलाएका कारण पनि दुर्घटना बढेकाबढ्यै छन् । ५ वर्षअघि सरकारले सवारी दुर्घटना आधा घटाउने नीति लिएको थियो । तर, पछिल्ला चार आर्थिक वर्षमा दुर्घटना र त्यसमा मृत्यु हुनेहरुको संख्या बढेको गृह मन्त्रालयको तथ्यांक छ ।

कुन वर्ष कति दुर्घटना ?

आर्थिक वर्ष ०६८/०६९ मा ८,८९२ दुर्घटना, १,८३७ जनाको मृत्यु
आर्थिक वर्ष ०६९/०७० मा ८,४८४ दुर्घटना, १,८१६ जनाको मृत्यु
आर्थिक वर्ष ०७०/०७१ मा ८,४०६ दुर्घटना, १,७८७ जनाको मृत्यु
आर्थिक वर्ष ०७१/०७२ मा ९,१४५ दुर्घटना, २,००४ जनाको मृत्यु
आर्थिक वर्ष ०७२/०७३ मा १०,०१३ दुर्घटना, २,००६ जनाको मृत्यु
आर्थिक वर्ष ०७३/०७४ मा १०,१७८ दुर्घटना, २,३८४ जनाको मृत्यु

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?