खसीबोका आयातमा ४८ प्रतिशत कमी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३०, २०७६
|
|
३१ पटक हेरिएको
Shares
खसीबोका आयातमा ४८ प्रतिशत कमी

सारांश

  • बाँके ।
  • नेपालगञ्ज नाकाबाट खसीबोका आयातमा कमी आएको छ ।
  • आर्थिक वर्ष २०७५र०७६ मा ६९ हजार ३३८ वटा खसीबोका आयात भएका छन्।

बाँके । नेपालगञ्ज नाकाबाट खसीबोका आयातमा कमी आएको छ । आर्थिक वर्ष २०७५र०७६ मा ६९ हजार ३३८ वटा खसीबोका आयात भएका छन्। जुन आव २०७४र०७५ को तुलनामा ४८ प्रतिशतले कमी हो । आव २०७४र०७५ मा एक लाख ४४ हजार १७२ वटा खसीबोका भारतबाट आयात भएका थिए।सीमानाका जमुनाहामा रहेको पशु क्वारेन्टाइन चेकपोष्टका अनुसार दोस्रोमा सुँगुर, बङ्गुर आयात भएको भएको छ । आव २०७४र०७५ मा आठ हजार ७७१ वटा सुँगुर, बङ्गुर आयात भएकोमा आव २०७५र०७६ मा आयात दर घटेर दुई हजार २१ वटा सुँगुर, बङ्गुर आयात भएको चेकपोष्ट प्रमुख रामसेवक त्रिपाठीले जानकारी दिए ।

त्रिपाठीका अनुसार, गत आवको फागुनसम्म ६९ हजार २४८ वटा खसीबोका, दुई हजार २१ सुँगुर, बङ्गुर, एक हजार १३० घोडा, खच्चड र ७१३ गोटा राँगा, भैँसी आयात भएका छन्। “काठमाडौँ, पोखरालगायतका शहरमा लैजान नेपालगञ्ज नाकाबाट खसीबोका आयात हुने गरेको थियो”, उनले भने ।भारतबाट आयात हुने पशुचौपाया निरोगी भएको प्रमाण पेश गर्नुपर्ने नियम लागू भएपछि यस नाकाबाट पशुचौपाया आयात हुने क्रम घटेको उनको भनाइ छ। आव २०७४÷०७५ मा एक लाख ५४ हजार ९५४ वटा अन्य पशुचौपाया आयात भएकोमा आव २०७५र०७६ मा ७३ हजार २०२ वटा पशुचौपाया मात्र आयात भएको उनले बताए ।

स्वास्थ्य जाँच गराउन नयाँदिल्ली वा कलकत्ता जानुपर्ने भएपछि भारतबाट पशुचौपाया आयातमा कमी आएको उनको भनाइ छ । त्यस्तै आव २०७४र०७५ मा ७६८ मेट्रिक टन दूध र २४ हजार २२१ मेट्रिक टन खाने माछा आयात भएकोमा आव २०७५र०७६ मा १७९ मेट्रिक टन दूध र ३३१ मेट्रिक टन माछा आयात भएको चेकपोष्टको तथ्याङ्कले देखाएको छ।

“स्वास्थ्य जाँच गराएर मात्र माछा ल्याउन दिने नियममा कडाइ गरिएपछि माछा आयातमा पनि कमी आएको छ”, त्रिपाठीले भने । खसीलगायत पशुचौपाया आयात गर्ने व्यापारीले सम्बन्धित देशबाट पशुचौपायाको स्वास्थ्य जाँच गरेको प्रमाणपत्र ल्याउनुपर्ने नियम लागू गरेपछि भारतबाट पशुचौपाया कम आयात हुन थालेको उनको भनाइ थियो।

उनले भने, “नाफाभन्दा झन्झट धेरै हुने भएपछि पशुचौपाया आयात ह्वात्तै घटेको छ ।” जुन देशबाट आयात गर्ने हो सोही देशको क्वारेन्टाइनबाट पशु स्वास्थ्य जाँचको प्रमाणपत्र ल्याउनुपर्ने नीति विसं २०५५ मा बने पनि पशु क्वारेन्टाइन चेकपोष्टले गत चैतदेखि मात्र यो नियम कडाइका साथ लागू गरेको छ।

पशु सेवा विभागको निर्देशनमा भारतबाट निकासी हुने पशुको स्वास्थ्य जाँच प्रमाणपत्र अनिवार्य गरेको त्रिपाठीले बताए । “आजभन्दा २१ वर्षअघि नै नीति आए पनि हालसम्म कडाइ गरिएको थिएन”, उनले भने, “अहिले आएर कडाइका साथ नीति कार्यान्वयन गर्ने आदेश आएपछि सोहीबमोजिम हामीले काम गरेका हौँ ।” चैतदेखि असार मसान्तसम्म ९० वटा खसीबोकाबाहेक अन्य कुनै पशुचौपाया आयात नभएको उनले बताए ।

पशुको स्वास्थ्य जाँच भएको प्रमाणपत्र बुझाउनुपर्ने नियममा कडाइ गरिएपछि नेपालगञ्ज नाकाबाट पशुचौपाया आयातमा कमी आएको क्वारेन्टाइन प्रमुख त्रिपाठीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?