कान्स पुग्ने पहिलो नेपाली कलाकार बनिन् प्रियंका कार्की
सारांश
- विश्वकै प्रतिष्ठित फिल्म फेस्टिभल ’कान्स फिल्म फेस्टिभलमा’ नेपाली नायिका प्रियंका कार्की सहभागी हुने भएकी छिन् ।
- नेपालबाट प्रियंका पहिलो पटक यो विश्व चर्चित महोत्सवमा सहभागी हुने भएकी हुन् ।
- उनी आजै फ्रान्समा उड्दैछिन् ।
विश्वकै प्रतिष्ठित फिल्म फेस्टिभल ’कान्स फिल्म फेस्टिभलमा’ नेपाली नायिका प्रियंका कार्की सहभागी हुने भएकी छिन् । नेपालबाट प्रियंका पहिलो पटक यो विश्व चर्चित महोत्सवमा सहभागी हुने भएकी हुन् । उनी आजै फ्रान्समा उड्दैछिन् । हलिउड र बलिउडका नायिकाहरु छाइरहेको कान्स फिल्म फेस्टिभलका लागि आफु निकै उत्साहित भएको प्रियंका बताउँछिन् ।
कान्समा पुग्नु नेपाल र नेपालीको लागि गर्वको कुरा भएको भन्दै प्रियंकाले आफ्ना लागि यो निकै ठुलो अवसर भएको बताइन् । त्यहाँ नेपाली फिल्म र संस्कृतिलाई विश्व माझ चिनाउने कोशिस रहने उनको भनाई छ । प्रियंका कान्सको चार वटा इभेन्टमा सहभागी हुनेछिन् । उनका अनुसार नर्वेजियन फिल्म फेस्टिभल, बुक लञ्च, माइकल ज्याक्सनलाई दिइने ट्रिव्युट र गाला डिनरमा उनको सहभागिता रहनेछ ।
प्रियंकाले कान्समा नेपालकी सिवांगी प्रधानको डिजाइन लगाउनेछिन् । मे २० मा प्रियंकालाई कान्स फिल्म फेस्टिभलमा देख्न पाइनेछ । पहिलो पटक सहभागी हुने प्रियंकाले कान्समा कस्तो छाप छोड्लिन् त ?
त्यसो त नेपाली ट्रान्सजेन्डर मोडल अञ्जली लामा कान्स २०१८ मा सहभागी भएकी थिइन् । नायिकातर्फ भने प्रियंका कान्समा सहभागी हुने पहिलो हुन् ।
प्रतिक्रिया