दुई सय सात मतदानस्थल अतिसंवेदनशील

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १७, २०७४
|
|
२८ पटक हेरिएको
Shares
दुई सय सात मतदानस्थल अतिसंवेदनशील

सारांश

  • राजविराज, १७ मंसिर , भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यका साथ सप्तरीमा सुरक्षा सतर्कता बढाइएको छ ।
  • जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार कुल २९५ मतदानस्थलमध्ये २०७ मतदानस्थललाई अतिसंवेदनशील र ८८ वटालाई संवेदनशीलको सूचीमा राखेर सुरक्षा सतर्कता बढाइएको छ ।
  • यही मंसिर २१ गते दोस्रो चरणमा हुन लगेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासमेत गरी करिब चार हजार सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी उपरीक्षक सिंहले बताउनुभयो ।

राजविराज, १७ मंसिर , भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यका साथ सप्तरीमा सुरक्षा सतर्कता बढाइएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार कुल २९५ मतदानस्थलमध्ये २०७ मतदानस्थललाई अतिसंवेदनशील र ८८ वटालाई संवेदनशीलको सूचीमा राखेर सुरक्षा सतर्कता बढाइएको छ ।

यही मंसिर २१ गते दोस्रो चरणमा हुन लगेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासमेत गरी करिब चार हजार सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी उपरीक्षक सिंहले बताउनुभयो । करिब तीन हजारभन्दा बढी म्यादी प्रहरीसमेत परिचालन गरिएको छ । जिल्लामा निर्वाचनका लागि २९५ मतदानस्थल र ४७८ वटा मतदान केन्द्र कायम गरिएको छ ।

जिल्लामा प्रतिनिधिसभातर्फ चारवटा तथा प्रदेशसभातर्फ आठवटा निर्वाचन क्षेत्रमा १५२ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । सप्तरी क्षेत्र नं १ मा ९४ हजार ९२०, क्षेत्र नं २ मा ७९ हजार ६६३, क्षेत्र नं ३ मा ८५ हजार ४८९ र क्षेत्र नं ४ मा ८६ हजार ५४२ मतदाता रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?