एसियाली क्रिकेटमा भारतकाे मनलाग्दी, एसिसी भयाे रुष्ट !

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १, २०७५
|
|
३५ पटक हेरिएको
Shares
एसियाली क्रिकेटमा भारतकाे मनलाग्दी, एसिसी भयाे रुष्ट !

सारांश

  • काठमाडौँ, १ असोज ।
  • युएइमा जारी एसिया कप क्रिकेटमा भारतको मनलाग्दी देखिएको छ ।
  • भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीलाई भारतीय टिममा नराखिएपछि एसिसीले बिसिसीआइको कडा आलोचना गरेको छ।

काठमाडौँ, १ असोज । युएइमा जारी एसिया कप क्रिकेटमा भारतको मनलाग्दी देखिएको छ । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीलाई भारतीय टिममा नराखिएपछि एसिसीले बिसिसीआइको कडा आलोचना गरेको छ। एसियाली क्रिकेट प्रतियोगितालाई कमजोर बनाउन भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बिसिसीआईनै लागि परेको एईसिसीले आरोप लगाएको हो।

टेलिभिजन प्रसारण राइटको अधिकार पाएको स्टार नेटवर्कले एसिसीसँग विराट कोहली नखेल्दा भारतले प्रतियोगितालाई कम आँकेको देखिएको र आफुले करोडौं मुल्यमा राइट खरिद गरेको तर कुनै एक देशले हल्का रुपमा लिंदा समग्र प्रतियोगितानै कमजोर हुन पुगेको एसिसीसँग गुनासो गरेपछि बिसिसीआईसँग एसिसी असन्तुष्ट देखिएको हो।

यद्यपि, बिसिसीआइले भने प्रतियोगितामा कसलाई पठाउने, को खेल्ने भने निर्णय गर्ने आफुहरु स्वतन्त्र रहेको जवाफ एसिसीलाई दिएको छ। धेरैले भारतको यो कदमको खुलेर आलोचना गरेका छन्। प्रतियोगितालाई प्रतियोगिता जस्तो बनाउनु पर्ने भन्दै बिसिसीआईको कडा आलोचना भइरहेको छ। भारतले क्षेत्रिय प्रतियोगिता र तलनात्मक रुपमा कमजोर मानिने टोलिसँग खेल्दा अनुभवि र मुख्य खेलाडीलाई बिश्राम दिने गर्छ ।
केही महिना अघि श्रीलंकाको आयोजनामा भएको त्रिकोणात्मक शृङ्खलामा पनि आफ्नो दोस्रो स्तरका खेलाडी पठाएको थियो । यद्दपि उक्त प्रतियोगिताको उपाधि भने भारतले नै जितेको थियो ।

(Diazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?