जथाभावी मदिरा बिक्रीवितरण रोक्न सर्वोच्चको आदेश

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १९, २०७५
|
|
२१ पटक हेरिएको
Shares
जथाभावी मदिरा बिक्रीवितरण रोक्न सर्वोच्चको आदेश

सारांश

  • काठमाडौँ ।
  • सर्वोच्च अदालतले गैरकानूनी रुपमा मदिरा बिक्रीवितरण गर्ने कार्यलाई रोक्न सरकारको नाममा आदेश जारी गरेको छ ।
  • कामु प्रधान न्यायाधीश ओमप्रकाश मिश्र र न्यायधीश तेजबहादुर केसीको संयुक्त इजलासले गैरकानूनी रुपमा मदिराजन्य पदार्थको उत्पादन तथा बिक्रीवितरण रोक्न सरकारका नाममा आदेश जारी गरेको हो ।

काठमाडौँ । सर्वोच्च अदालतले गैरकानूनी रुपमा मदिरा बिक्रीवितरण गर्ने कार्यलाई रोक्न सरकारको नाममा आदेश जारी गरेको छ । कामु प्रधान न्यायाधीश ओमप्रकाश मिश्र र न्यायधीश तेजबहादुर केसीको संयुक्त इजलासले गैरकानूनी रुपमा मदिराजन्य पदार्थको उत्पादन तथा बिक्रीवितरण रोक्न सरकारका नाममा आदेश जारी गरेको हो ।

मदिरा ऐनअनुसार निश्चित समय, उमेर समूह, स्थान र बिक्री स्थलसमेत तोक्ने भनिएअनुसार ऐनको प्रभावकारी कार्यान्वयन गर्न आदेशमा भनिएको छ ।

आदेशमा महिला हिंसाको मुख्य कारकका रुपमा मदिरा रहेको र मदिराको विज्ञापनमा समेत महिलाको प्रयोग हुने कार्य रोक्न भनिएको छ । जुरी नेपालका तर्फबाट अधिवक्ता विष्णुप्रसाद पोखरेलले निवेदन दर्ता गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?