म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्र्याउदैं

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ६, २०७६
|
|
३७ पटक हेरिएको
Shares
म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्र्याउदैं

सारांश

  • काठमाडौं, ६ जेठ ।
  • म्यागाटो इन्टिया प्रा।
  • लि।

काठमाडौं, ६ जेठ । म्यागाटो इन्टिया प्रा।लि।ले अरभिन्द इम्पोरियम प्रालिको सहकार्यमा आफ्ना विभिन्न उत्पादनहरुको नेपाली बजारमा सेवा विस्तार गरेको छ ।विश्वका १५० राष्ट्रिमा आफ्नो विभिन्न उत्पादनहरु विक्रि वितरण गर्दै आईरहेको यस कम्पनीले सिमेन्ट उद्योगमा प्रयोग हुने अत्याधुनिक प्रविधि तथा मेसिनरीहरु विक्रि वितरण गर्दै आईरहेको छ । यस कम्पनीबाट उत्पादित प्रविधिहरुले कम विजुली लागतमा बढि उत्पादन गर्न सक्ने क्षमता रहेको हुनाले नेपालका सिमेन्ट उद्योगहरुको उत्पादकत्व बढाउने उद्देश्यका साथ एक कार्यक्रम माझ प्राविधिक गोष्ठी गरी नेपालका लागि आफ्ना उत्पादनहरुको सेवा विस्तार गरेको छ ।

उक्त कार्यक्रमा नेपालका विभिन्न सिमेन्ट उद्योगका संचालकहरु, खरिद शाखा प्रमुख, वित्तिय प्रमुख तथा फ्याक्ट्री प्रमुखहरुको उपस्थित रहेको थियो भने म्यागाटोका तर्फबाट कन्ट्रि म्यानेजर (साउथ एसिया) दिपक भोजवानी, विजनेश म्यानेजर बबी स्मीत, प्राविधिक प्रमुख गौतम तनेजा तथा बेल्जियमबाट आउनु भएका प्रमुख प्राविधिक बन्नार्ड मुलड र विक्रि प्रमुख आदित्य सिंहा लगाएतका उपस्थिति रहेको थियो ।साथै अरभिन्द इम्पोरियम को तर्फबाट संचालक विश्वनाथ गोयल, श्री सुरेन्द्रकुमार गोयल तथा कार्यकारी संचालक बन्टि जैनको सहभागिता रहेको थियो ।

सोही कार्यक्रममा कम्पनीका तर्फबाट दिपक भोजवानीले आफ्नो उत्पादन तथा यसका विशेषताहरुको बारेमा बताउनु भएको थियो । साथै यस अत्याधुनिक प्रविधिबाट नेपाली सिमेन्ट जगतमा हुने फाईदाको बारेमा समेत प्रष्ट पार्नु भएको थियो ।यस म्यागाटो इन्डिया प्रा।लि।ले आफ्नो उत्पादनको विक्रि वितरण गर्न नेपालका लागि आधिकारीक विक्रेताका रुपमा अरभिन्द इम्पोरियम प्रालिलाई नियुक्त गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?