मोदीले काठमाडौंमा अर्को चमत्कार गर्ने, यस्तो छ तयारी !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र ७, २०७५
|
|
१९ पटक हेरिएको
Shares
मोदीले काठमाडौंमा अर्को चमत्कार गर्ने, यस्तो छ तयारी !

सारांश

  • काठमाडौं, ७ भदौ ।
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चौथो पटक नेपाल भ्रमणमा आउँदैछ ।
  • यसपटक मोदी विमस्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन काठमाडौं आउँदैछन् ।

काठमाडौं, ७ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चौथो पटक नेपाल भ्रमणमा आउँदैछ । यसपटक मोदी विमस्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन काठमाडौं आउँदैछन् । विमस्टेकमा भाग लिन आएपनि उनले काठमाडौं बसाईमा यहाँका उच्चस्तरीय राजनीतिक व्यक्तित्व्हरुसँग भेटवार्ता गर्नेछन् ।

मोदीको भ्रमणलाई सफल बनाउनको लागि नेपालस्थित् भारतीय दुतावासपनि अहिले सक्रिय भैरहेको छ । राजदुत मञ्जिवसिंह पुरी पनि व्यापक तयारीमा जुटेका छन् । उनले नेपाल सरकारका विभिन्न प्रतिनिधिहरुसँग लगातार भेटवार्ता गरिरहेका छन् ।भारतमा अबको ६/७ महिनापछि लोकसभाको चुनाव हुँदैछ । मोदीले नेपाल र नेपालीहरुको मन जित्ने तयारी गरेको स्रोतको दाबी छ । सुरुदेखि नै मोदीले नेपालसँग प्रगाढ र सुमधुर सम्बन्ध बनाउँदै आएका छन् । मोदीको नेपालप्रति विशेष लगाव छ । उनले भारत र नेपालबीचको द्धिपक्षीय सम्बन्धलाई सुमधुरमात्रै बनाएका छैनन् । द्धिपक्षीय सम्बन्धलाई राजनीतिक रुपमा समेत उच्च प्राथमिकताका साथ अघि बढाएका छन् ।

विगतमा कर्मचारीतन्त्रबाट चलेको नेपाल–भारत सम्बन्ध अहिले भने राजनीतिक तहमै अघि बढेको छ । विगत १७ वर्षदेखि भारतीय उच्च तहबाट नभएको राजनीतिक भ्रमण मोदीले आफू प्रधानमन्त्री भएसँगै नेपाल भ्रमण गरेर नयाँ परम्पराको थालनी गरे । त्यसपछि उनी लगातार तीन पटक नेपाल भ्रमणमा आएका छन् । यसपटक मोदीले लुम्बिनी र पोखराको पनि भ्रमण गर्ने भनिएको थियो । तर, समय अभावका कारण मोदीको लुम्बिनी र पोखरा भ्रमण हुने वा नहुनेभन्नबारे अन्यौलमा परेको छ । भ्रमणको कार्यतालिका गोप्य राखिएको छ। तर, उच्च स्रोतले दिएको जानकारी अनुसार उनले यसपटक नसोचेको कामहरु गर्दैछन् नेपाल र भारतबीच ।

विगतमा भएका समझदारीहरुको कार्यान्वयन गर्न यसपटक मोदीले आफ्ना समकक्षी नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग विशेष सम्वाद गर्ने पनि बुझिएको छ । मोदी नेपालको विकास र समृद्धिप्रति अत्यन्तै गम्भिर छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेर्नुहोस क कस्को  राजनीतिक अस्तित्व नै संकटमा छ ?
हेर्नुहोस क कस्को राजनीतिक अस्तित्व नै संकटमा छ ?
ज्वाइँले जेठानकी पत्नी भगाएपछि…
ज्वाइँले जेठानकी पत्नी भगाएपछि…
वाइडबडीमा थप अनियमितता, ६ महिनामा डेढ अर्ब नोक्सानी
वाइडबडीमा थप अनियमितता, ६ महिनामा डेढ अर्ब नोक्सानी
राणा विरोधी आन्दोलनमा यस्तो थियो पोखराको साथ र सहयोग
राणा विरोधी आन्दोलनमा यस्तो थियो पोखराको साथ र सहयोग
सुदूरपश्चिमका पाँच वडामा नेकपा र दुई वडामा कांग्रेस विजयी
सुदूरपश्चिमका पाँच वडामा नेकपा र दुई वडामा कांग्रेस विजयी
ओली, बालेनसहित १३ जनाविरुद्ध प्रहरीमा जाहेरी दर्ता, तत्काल पक्राउ गरी अनुसन्धान अगाडि बढाउन माग
ओली, बालेनसहित १३ जनाविरुद्ध प्रहरीमा जाहेरी दर्ता, तत्काल पक्राउ गरी अनुसन्धान अगाडि बढाउन माग
प्रधानमन्त्री भएको केहिदिन बित्न नपाउदै दिल्लि जाने हतारोमा : देउवा
प्रधानमन्त्री भएको केहिदिन बित्न नपाउदै दिल्लि जाने हतारोमा : देउवा
एकपटक फेरि राजनीतिक अस्थिरताविरुद्ध एकजुट हुन नेता पौडेलको आग्रह
एकपटक फेरि राजनीतिक अस्थिरताविरुद्ध एकजुट हुन नेता पौडेलको आग्रह
नेपाललाई द्वन्द्वमा फसाउने प्रयास जनताले असफल पारेः अध्यक्ष ओली
नेपाललाई द्वन्द्वमा फसाउने प्रयास जनताले असफल पारेः अध्यक्ष ओली
पार्टीभित्रैकै अन्तर्घाती खोजी गर्दै माओवादी
पार्टीभित्रैकै अन्तर्घाती खोजी गर्दै माओवादी

तपाईंले छुटाउनुभयो कि?