राष्ट्रपति पौडेलको दिल्लीमा उपचार सुरु

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ६, २०८०
|
|
२९ पटक हेरिएको
Shares
राष्ट्रपति पौडेलको दिल्लीमा उपचार सुरु

सारांश

  • काठमाडौँ ।
  • राष्ट्रपति रामचन्द्र पौडेलको दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) अस्पतालमा उपचार सुरु भएको छ ।
  • राष्ट्रपति पौडेललाई स्वास्थ्यमा समस्या देखिएपछि मङ्गलबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका थिए ।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) अस्पतालमा उपचार सुरु भएको छ ।

राष्ट्रपति पौडेललाई स्वास्थ्यमा समस्या देखिएपछि मङ्गलबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका थिए ।

नेपालको त्रिवि अस्पताल र भारतको एम्स अस्पतालका चिकित्सकबीच परामर्श हुँदा उनिलाई थप अनुसन्धान एवं उपचारका लागि दिल्ली जान उपयुक्त हुने राय आएपछि राष्ट्रपति पौडेल आज भारतको एम्स अस्पताल गएका राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । सचिवालयले आज विज्ञप्ति जारी गरी राष्ट्रपति पौडेल आज बिहान १० बजे श्री एयरलाइन्सको विमानबाट दिल्ली प्रस्थान गरेका समेत जनाएको छ ।

उपचारमा हाल एम्स अस्पतालका प्लमोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्रा डा अनन्त मोहन र आइसियु विज्ञ डा पुनित मिश्रको टोली संलग्न छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?