चुनावमा रुसी हस्तक्षेपबारे ट्रम्पले दिए यस्तो जवाफ

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर १, २०७५
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा रुसको आरोपित हस्तक्षेपबारेको अनुसन्धानका क्रममा आफूले सबै प्रश्नका जवाफ दिने काम पूरा गरेको बताएका छन् ।
  • विशेष अनुसन्धानकर्ता रोबर्ट म्युलर नेतृत्वको टोलीले रुसको आरोपित हस्तक्षेपबारे अनुसन्धान गरिरहेको छ।
  • आफूले प्रश्नहरूको निकै सजिलो ढङ्गले जवाफ दिएको भन्दै ट्रम्पले आफ्ना जवाफहरू रोबर्ट म्युलर नेतृत्वको टोलीलाई बुझाउन बाँकी रहेको पत्रकारहरूलाई बताए ।

राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा रुसको आरोपित हस्तक्षेपबारेको अनुसन्धानका क्रममा आफूले सबै प्रश्नका जवाफ दिने काम पूरा गरेको बताएका छन् । विशेष अनुसन्धानकर्ता रोबर्ट म्युलर नेतृत्वको टोलीले रुसको आरोपित हस्तक्षेपबारे अनुसन्धान गरिरहेको छ। आफूले प्रश्नहरूको निकै सजिलो ढङ्गले जवाफ दिएको भन्दै ट्रम्पले आफ्ना जवाफहरू रोबर्ट म्युलर नेतृत्वको टोलीलाई बुझाउन बाँकी रहेको पत्रकारहरूलाई बताए ।

ट्रम्पले आफ्नो चुनावी अभियान समूह र मस्कोबीच साठगाँठ भएको भन्ने आरोप अस्वीकार गर्दै आएका छन् । बिहीवार सामाजिक सञ्जाल ट्विटरमा ट्रम्पले जारी अनुसन्धानलाई नचाहिँदो काम को संज्ञा दिए । उनले लम्बेतान अनुसन्धानमा संलग्नहरू देशका लागि लज्जा भएको टिप्पणी समेत गरे।महान्यायाधिवक्ता जेफ सेसन्सलाई राजीनामा दिन बाध्य पारेको एक हप्तापछि ट्रम्पका ट्वीटहरू आएका हुन् । ट्रम्पले सेसन्सको स्थानमा म्याथु ह्विटेकरलाई ल्याएका छन्, जसले म्युलरलाई बर्खास्त गर्न सक्छन् अथवा उनको अनुसन्धानलाई रोक्न पनि सक्छन् ।

शुक्रवार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले हुनै नपर्ने अनुसन्धानमा ‘लाखौँ लाख डलर खर्च भएको टिप्पणी गरे ।अनुसन्धानका क्रममा आफूलाई प्रश्न लेख्नेहरूले बदनियतपूर्वक प्रश्न लेखेको पनि ट्रम्पले आरोप लगाए । सोधिएका सबै प्रश्नको जवाफ दिएको बताउँदै ट्रम्पले भने, मेरा वकिलहरूले मेरा लागि जवाफ लेख्दैनन्, मै लेख्छु। मलाई शृङ्खलाबद्ध प्रश्न सोधिएको थियो र मैले सजिलो तरिकाले सबैको जवाफ दिएको छु। अनुसन्धानका क्रममा ठ्याक्कै कस्ता प्रश्न सोधिएका छन् भन्ने कुरा थाहा हुन नसकेको बताइएको छ।

यद्यपि ट्रम्पका एकजना वकिल रुडी जुलियानीले चुनावपछिका प्रश्नहरूको जवाफ राष्ट्रपतिले नदिएको द वाशिङटन पोस्टलाई बताएका छन् । बीबीसी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?