मेरो जिजुबाजेको सम्पत्तिले पनि पुगेन भन्दै राष्ट्रपतिमाथि खनिए पशुपति शमसेर

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २२, २०७६
|
|
१५ पटक हेरिएको
Shares
मेरो जिजुबाजेको सम्पत्तिले पनि पुगेन भन्दै राष्ट्रपतिमाथि खनिए पशुपति शमसेर

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर राणाले राष्ट्रपति निवास आफ्ना जिजुकाका कृष्ण शमशेरको सम्पत्ति भएको उल्लेख गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई उक्त क्षेत्र साँघुरो लागेको भन्दै जंगिएका छन् ।
  • राणाकालमा जन्मने वित्तिकै जर्नेल उपाधि पाएका राणाले रिपोर्टर्स क्लब नेपालमा कडा स्वरमा भने,‘गणतन्त्रका राष्ट्रपतिलाई मेरो जिजुकाकाको सम्पत्तिले पुगेन ?
  • ’ कृष्ण शमशेर पशुपति शमशेर राणाका हजुरबुवा मोहन शमशेर राणाका भाई हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर राणाले राष्ट्रपति निवास आफ्ना जिजुकाका कृष्ण शमशेरको सम्पत्ति भएको उल्लेख गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई उक्त क्षेत्र साँघुरो लागेको भन्दै जंगिएका छन् । राणाकालमा जन्मने वित्तिकै जर्नेल उपाधि पाएका राणाले रिपोर्टर्स क्लब नेपालमा कडा स्वरमा भने,‘गणतन्त्रका राष्ट्रपतिलाई मेरो जिजुकाकाको सम्पत्तिले पुगेन ?’ कृष्ण शमशेर पशुपति शमशेर राणाका हजुरबुवा मोहन शमशेर राणाका भाई हुन् । राणा शासनका अन्तिम प्रधानमन्त्री मोहन शमशेरका कारण कृष्ण शमशेर देश छाड्न वाध्य भएका थिए । मोहन शमशेरले नै कृष्ण शमशेरलाई शितलनिवास छाड्न वाध्य पारेका थिए ।

जङ्गबहादुर राणााका भाई धीर शमशेरका छैठौ छोरा हुन् राणा प्रधानमन्त्री चन्द्र शमशेर । चन्द्रका छोराहरु मोहन शमशेर, बबर शमशेर, केशर शमशेर, सिंह शमशेर र कृष्ण शमशेर हुन् । चन्द्रले कान्छा छोरा कृष्ण शमशेर राणाका लागि वि.सं १९८० मा शितलनिवास बनाइदिएका थिए । लोकभक्त लक्ष्मी देवीका तर्फबाट जन्मिएका कृष्ण शमशेरलाई चन्द्र शमशेर अति माया गर्थे । तर, चन्द्र शमशेर राणाको निधनपछि उनलाई सौतेनी आमातर्फका दाजुहरुले हेप्न थाले । उनी कमजोर भए ।

राणाहरुबीचको राजनीतिक खिचातानीका कारण कृष्ण शमशेर पनि समस्यामा परे । उनीमाथि आफ्नै दाजुहरुले षड्यन्त्र गरे । परिवारभित्रको द्वन्द्वका कारण कारण वि.सं. २००५ मा कृष्ण शमशेर शितलनिवास छाड्नुपर्ने अवस्थामा पुगे । भव्य भवन सरकारलाई हस्तान्तरण गरे ।

निवास सरकारलाई दिएको तीन वर्षपछि कृष्ण शमशेर भारततर्फ लागे । राणा शासनको अन्तपछि शितलनिवासलाई सरकारी अतिथि निवासका रुपमा प्रयोगमा ल्याइयो । बेलायत र भारतीय राजदूतावास सँगै रहेको उक्त स्थानमा विदेशी पाहुनाहरुलाई राखिन्थ्यो ।

विभिन्न देशका राजदूतावास नजिकै रहेकाले शितल निवासमा परराष्ट्र मन्त्रालय राखियो । मन्त्रालय सिंहदरबारमा सारेपछि सरकारले मन्त्रिपरिषद्बाट निर्णय गराएर २०६५ सालमा राष्ट्रपति निवास बनाइयो । गणतन्त्र स्थापनापछि राष्ट्रपति निवासका लागि शितलनिवासलाई उपयुक्त मानेर राखिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिलो बैठकमै राजधानीको विवाद
पहिलो बैठकमै राजधानीको विवाद
इन्फ्रास्ट्रक्चर बैंकको अहिलेसम्मकै ठुलो आईपीओ आजदेखि बिक्रि खुला
इन्फ्रास्ट्रक्चर बैंकको अहिलेसम्मकै ठुलो आईपीओ आजदेखि बिक्रि खुला
प्रम ओलीको निर्देशनमा काठमाडौँ उपत्यका भित्रिने सबै नाकामा कडाई
प्रम ओलीको निर्देशनमा काठमाडौँ उपत्यका भित्रिने सबै नाकामा कडाई
रबि अाेडलाइ भाेट गर्दा अमित बरालकाे नम्बर बढ्ने !
रबि अाेडलाइ भाेट गर्दा अमित बरालकाे नम्बर बढ्ने !
माओवादीका बागी र प्रचारकलाई कारवाहीको तयारी
माओवादीका बागी र प्रचारकलाई कारवाहीको तयारी
पर्यटनमन्त्रीलाई दुर्व्यवहार गरेको आरोपमा ज्ञानेन्द्र शाही पक्राउ
पर्यटनमन्त्रीलाई दुर्व्यवहार गरेको आरोपमा ज्ञानेन्द्र शाही पक्राउ
एमालेलाई एक्ल्याउने र किनारा लगाउने काम भएको छ : उपाध्यक्ष पौडेल
एमालेलाई एक्ल्याउने र किनारा लगाउने काम भएको छ : उपाध्यक्ष पौडेल
रंगशालामै बसेर हेरेजस्तो काठमाडौंमा यसरी देखाइन्छ विश्वकप फुटबल
रंगशालामै बसेर हेरेजस्तो काठमाडौंमा यसरी देखाइन्छ विश्वकप फुटबल
दरबार हाइस्कुलमा ‘रोवोटिक्स कोडिङ’ कक्षा सुरु
दरबार हाइस्कुलमा ‘रोवोटिक्स कोडिङ’ कक्षा सुरु
ट्रान्सपरेन्सीका अध्यक्ष रेग्मीको अख्तियारलाई प्रश्न : तत्कालिन् प्रधानमन्त्रीलाई किन उन्मुक्ति ?
ट्रान्सपरेन्सीका अध्यक्ष रेग्मीको अख्तियारलाई प्रश्न : तत्कालिन् प्रधानमन्त्रीलाई किन उन्मुक्ति ?

तपाईंले छुटाउनुभयो कि?