माओवादीका बागी र प्रचारकलाई कारवाहीको तयारी

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २६, २०७४
|
|
२५ पटक हेरिएको
Shares
माओवादीका बागी र प्रचारकलाई कारवाहीको तयारी

सारांश

  • बाँके, कात्तिक २६ – नेकपा माओवादी केन्द्र बाँकेले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा पार्टीका आधिकारिक उम्मेदवारकाविरुद्ध बागी उम्मेदवारी दिने र उनीहरुका पक्षमा प्रचारप्रसारमा खटिने आठ जना नेतालाई कारवाहीको लागि सिफारिस गरेको छ ।
  • नेकपा माओवादी केन्द्र बाँकेका सह–इन्चार्ज तथा केन्द्रीय सचिवालय सदस्य प्रकाश सुवेदीकाअनुसार पोलिटब्युरो सदस्य दुर्गा बहादुर थारु (सन्तोष) र पूर्व सांसद तथा केन्द्रीय सदस्य परमानन्द बर्मासहितका नेताहरुलाई कारवाहीका लागि आइतबार केन्द्रीय कार्यालयमा सिफारिस गरिएको हो  ।
  • कारवाही गरिएका थारुले क्षेत्र नम्बर १ मा वाम गठबन्धनका आधिकारिक उम्मेदवार माओवादी नेता महेश्वर गहतराजको विरोधमा बागी उम्मेदवारी दिनुभएको छ ।

बाँके, कात्तिक २६ – नेकपा माओवादी केन्द्र बाँकेले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा पार्टीका आधिकारिक उम्मेदवारकाविरुद्ध बागी उम्मेदवारी दिने र उनीहरुका पक्षमा प्रचारप्रसारमा खटिने आठ जना नेतालाई कारवाहीको लागि सिफारिस गरेको छ ।

नेकपा माओवादी केन्द्र बाँकेका सह–इन्चार्ज तथा केन्द्रीय सचिवालय सदस्य प्रकाश सुवेदीकाअनुसार पोलिटब्युरो सदस्य दुर्गा बहादुर थारु

(सन्तोष) र पूर्व सांसद तथा केन्द्रीय सदस्य परमानन्द बर्मासहितका नेताहरुलाई कारवाहीका लागि आइतबार केन्द्रीय कार्यालयमा सिफारिस गरिएको हो  ।

कारवाही गरिएका थारुले क्षेत्र नम्बर १ मा वाम गठबन्धनका आधिकारिक उम्मेदवार माओवादी नेता महेश्वर गहतराजको विरोधमा बागी उम्मेदवारी दिनुभएको छ । यसैगरी केन्द्रीय सदस्य परमानन्द बर्मा  स्वतन्त्र उम्मेदवारको प्रचार प्रसारमा खटिएको पाइएको माओवादीले जनाएको छ ।

त्यस्तै क्षेत्र नम्बर ३ (ख) का स्वतन्त्र उम्मेदवार रहेका पार्टी सदस्य विजय पाठकलाई पनि कारवाही गरिएको छ ।  अन्य नेताहरुमा केन्द्रीय सदस्य सुमन आचार्य, अर्जुन चौधरी, जिल्ला सदस्य बाबुराम थारु, हरिचन थारु र नुरद्विन खाँलाई साधारण सदस्य समेत नरहने गरी कारवाहीको सिफारिस गरिएको छ ।

पार्टीका आधिकारीक उम्मेदवारको बिरोधमा वागी उम्मेदवारी दिएका तथा प्रचारप्रसारमा खरो ढंगले बैचारिक स्तर नै गुमाउन पुगेका व्यक्तिलाई कारवाही गर्न माओवादी केन्द्र बाँकेले केन्द्रीय कार्यालयमा  सिफारिस गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?